आज:  | Thu, 19, Sep, 2024

अबको १० वर्षपछि वृद्ध भत्ता दिन नसकिँने मन्त्री पौडेलको भनाई

२ आश्विन २०८१, बुधबार १५:४२ मा प्रकाशित ( १ दिन अघि) ६७ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २ असोज ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन्। बुधबार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरद्वारा आयोजित २७ औं गणेशमान सिंह स्मृति दिवसमा बोल्दै उहाँले यस्तो बताएका हुन्। मान्छेलाई रोग नै लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने बताउनु भयो ।

मन्त्री पौडेलले अहिले समाजमा मान्छे बिरामी हुन्छन् र उनका सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिएको बताए। त्यस्तै उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको र चासो पनि बढेको उल्लेख गर्नु भयो। उहाँले निरोधात्मक पद्धतिमा कसैले पनि ध्यान नदिएको बताउनु भयो।

यस्तै रुपमा अघि बढ्ने हो भने नेपालमा अबको २० वर्षभित्र ५० वर्ष भन्दा माथिको संख्या बढी हुने उल्लेख गर्नु भयो। खाद्य स्वास्थ्यको मुख्य विषय भए पनि स्वास्थ्यसँग जोड्न नसकिएको धारणा राख्नु भयो । मन्त्री पौडेलले भन्नु भयो । ‘हाम्रो समाजमा कस्तो छ भने को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिन्छ। उपचारात्मक पद्धतिमा केही कुरा कमजोरी पनि भइरहेको छ, नागरिकमा चासो पनि अलि बढी छ।

तर निरोधात्मक पद्धतिमा प्रिभेन्सनको पाटोमा केही काम भएको छ आजसम्म ? यसरी नै जाने हो भने नेपालमा सबैभन्दा बढी २० वर्षभित्र ५० वर्ष भन्दा माथिको संख्या बढी हुन्छ। त्यो एक्टिभ पनि हुन सक्दैन, त्यो निरोगी पनि हुन सक्दैन । अब मलाई कति साथीले यस्तो कुरा नबोल्न भन्छन्, अब १० वर्षपछि राज्यले वृद्धभत्ता दिनै सक्दैन।ु

अस्पतालहरुले स्वास्थ्यमा सुधार ल्याउनका लागी समुदायमा चेतना विस्तार गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले देशमा कुनै पनि कुरामा अनुसन्धान नहुने भन्दै भइरहेका अध्ययन संस्थानमा पनि अनुसन्धान नहुने गरेको जानकारी गराउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस