आज:  | Thu, 19, Sep, 2024

आजबाट सोह्र श्राद्ध शुरु,१६ दिनसम्म आ आफ्ना पितृको सम्झनामा श्राद्ध र तर्पण गरिँदै

२ आश्विन २०८१, बुधबार ०७:५५ मा प्रकाशित ( १ दिन अघि) ११२ पाठक संख्या
नारी बाटिका


बिबियु नारी संन्चार संवाददाता

काठमाडौँ २ असोज ।

आजबाट सोह्र श्राद्ध शुरु भएको छ। हरेक वर्ष प्रतिपदा तिथिको दिनदेखी प्रारम्भ हुने सोह्र श्राद्ध गरी सोह्रसम्म आ आफ्ना परिवारका निधन भई गएका तिनै पुस्ताका पुर्खाहरुको सम्मान तथा उद्धारका लागी गरिने पितृपक्षका पितृ कार्यमध्यकै यो पितृ कार्य श्राद्ध हो। बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न अहिले विहानै देखी लागिएको हो।

नेपाली संस्कारको मुख्य वैदिक परम्परा अनुसारको तिथिपत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ। वैदिक परम्परामा तिथि टुट्दैन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ। सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृपक्षका रूपमा मनाउँछन्। यो वेला गरिने श्राद्धलाई महालय वा पार्वण पनि भनिन्छ।

आजको दिनबाट आमाबाबु नहुनेले यो समयभरी(सोह्र)दिनसम्म नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्ने गर्छन्। तिथिमै गर्न नसके अन्तिम दिन ‍‍औँसीका दिनमा पनि श्राद्ध गर्ने परम्परा छ।यो समयमा १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भन्ने गरिएको हो।

भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औँसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्‍याइन्छ। यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा चलिआएको छ।

सोह्र श्राद्धमा पिता (बुबा) तर्फका तीन र माता (आमा) तर्फका तीन पुस्तालाई पिण्ड दिएर श्रद्धा अर्पण गर्ने गरिन्छ। यो श्राद्ध अपराह्नकालमा गर्ने धार्मिक विधि रहेको धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराईले बताउनु भयो। साथै आजबाट असोज १६ गते औँसी श्राद्ध गरेपछि सोह्र श्राद्ध सम्पन्न हुनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस