आज:  | Thu, 19, Sep, 2024

एमालेको धारणा ,‘संविधान गतिशील दस्तावेज हो,संशोधन हुन्छ,पाटीका वरिष्ठ नेताहरु

२ आश्विन २०८१, बुधबार ०५:२७ मा प्रकाशित ( १ दिन अघि) ५३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २ असोज ।

नेकपा (एमाले)का शीर्ष नेताहरूले संविधान गतिशील दस्ताबेज भएकाले संशोधन गर्नु पनेै धारणा राखेका छन्। एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘संविधान कार्यान्वयनको १० वर्ष अनुभव चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान अपरिवर्तनीय दस्ताबेज नभएकाले यसलाई समय अनुकूल परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिनु भएको थियो।

संविधान लोकतान्त्रिक र जनताका प्रतिनिधिले बनाएकाले यसको कार्यान्वयनको क्रममा देखिएका समस्या र चुनौतिलाई समयसमयमा संशोधन गरेर अघिबढ्नु लोकतन्त्र पक्षधरको कर्तव्य भएको उपाध्यक्ष पोखरेललेको भनाइ थियो ।

त्यसैगरी एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले संविधानमा देखिएको असन्तुष्टि सम्बोधन गर्नका लागि संविधान संशोधन आवश्यक रहेको बताए। उनले संविधान बनाउन आर्थिक विकासको लागि आर्थिक सम्रचना कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल नै नभएकाले आर्थिक विकास नभएको बताए।

कार्यक्रममा पार्टीका महासचिव शङ्कर पोखरेलले राजनीतिक दलबीच आमसहमति भएमात्र संविधान संशोधन गर्न सकिने बताए। उनले एउटा पार्टीभित्र छलफल गरेर मात्र संविधान संशोधन हुन नसक्ने भन्दै राजनीतिक दलबीच छलफल गरेर स्वीकार्य हुने हिसाबले संविधान संशोधन हुने बताए।

साथै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा ९एमाले०का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नौ वर्षको संविधानका अभ्यासका सबल र दुर्बल पक्षको पहिचान गरेरमात्र संविधान संशोधनको दिशामा अघि बढ्नुपर्ने बताए।

सोही कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले संविधान जारी गर्दा देखिएका उत्साह अहिले नभएकाले पुनरावलोकनको आवश्यकता रहेको बताए। संविधानको कार्यान्वयनमा देखिएको समस्यालाई अध्ययन गरेर संविधान संशोधन गर्नुपर्ने भन्दै संविधानका सबै धारामा संशोधन सम्भव नरहेको बताए छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस