आज:  | Sat, 21, Dec, 2024

मेयर बालेन समर्थकलाई कुनै वहाना नपाएपछी असुरक्षाको कारण देखाउँदै नियन्त्रणमा लिएर साँझ पख रिहा

२ आश्विन २०८१, बुधबार ०४:५० मा प्रकाशित ( ३ महिना अघि) २३५ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २ असोज ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको तस्वीर अंकित टिसर्ट लगाएर इन्द्रजात्रामा सहभागी भएका युवा युवतीहरूलाई असुरक्षाको कारण देखाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई मंगलबार दिउँसो वसन्तपुरबाट पक्राउ परेका मेयर बालेन शाहका समर्थकहरुलाई वेलुकी मात्रै रिहा भएका हुन् । मुलुकमा सबै राजनितिक दलहरुले बोलेका कुरा भाषणमा मात्रै सिमित हुने गरेको छ भने पछिल्लो समयमा वालेन शाहले काठमाडौं उपत्यकाको मुख्य सहर माहानगरपालिकामा चुनाव जितेपछी राम्रा र नागरिकका हितमा काम गरेर नागरिकको मन जितीरहेका छन् ।

यस कुराले देशका ठुला राजनितिक दलहरुलाई छट्पटी मात्रै बनायको छैन वालेनलाई कसरी गलत देखाउने भनेर लागि परेको काठमाडौं वासीले सरकारलाई आरोप लगाईरहेको अवस्था छ । १४ जना युवायुवतीलाई साँझ ५ बजेपछि प्रहरीले रिहा गरेको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर बसन्तपुर क्षेत्र पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मंगलवार सम्पन्न ईन्द्रजात्रामा सहभागी भएका हजारौं नागरिकहरु,युवायुवतीहरु स्वतः स्फुर्त रुपमा मेयर वालेन शाहको गुणगान गाउन लागेका देखेर सरकारले असुरक्षाको वहानामा युवायुवतीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुले बालेनको टिसर्ट लगाएर इन्द्रजात्राको अवसरमा बसन्‍तपुरमा हुने समारोहमा भाग लिन पुगेका १३ जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा राखिएको थियो। प्रहरीले पक्राउ गर्ने कुनै वहाना नपाएपछी उनीहरुलाई सुरक्षाका लागि भन्दै प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको थियो ।

केही युवायुवतीहरूले बालेनको नामको टिसर्ट लगाएर आएपछि प्रहरीले कतिपयलाई त्यहाँबाट फर्काएको पनि थियो। ती युवायुवतीको हुन् र कहाँबाट आएका हुन् भन्ने केही नखुलेको प्रहरीको भनाई थियो । हरेक वर्ष इन्द्रजात्रामा विशिष्ट व्यक्तिहरुको उपस्थितिमा वसन्तपुरमा विशेष समारोह आयोजना हुने गर्छ। यसको आतिथ्यता काठमाडौं महानगरपालिकाले गर्ने गरेको छ।

साथै समारोहको अन्तिमदिन राष्ट्रपतिको समेत प्रमुख आतिथ्यता रहने भएता पनि अघिल्ला दुई वर्षदेखीको इन्द्रजात्रा समारोहका मुख्य आकर्षण व्यक्ति नै बालेन भएका थिए । युवायुवतीहरूले उनको जयजयकार गर्ने गरेका थिए। सो दृश्र्यले जनताले पिउने पानीदेखी मन्त्रालय र मन्त्रीको भागवण्डामा आफ्ना र आफन्त को हालीमुहालीमा चलाउने सरकारका नेतृत्व गरेका कुनैपनि दल र नेतृत्वलाई असह्रय हुंदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस