आज:  | Thu, 19, Sep, 2024

बारामा यात्रुवाहक बस दुर्घटना हुंदा एकको मृत्यु, ४२ जना घाइते

३१ भाद्र २०८१, सोमबार १४:५५ मा प्रकाशित ( २ दिन अघि) १३९ पाठक संख्या
नारी बाटिका


रौतहट ३१ भदौ ।

बाराको उनासी पुलमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ४२ जना घाइते भएका छन् । सडकमा गुडीरहेको बसको एक्कासी अगाडिको पट्टा भाँचेर आज बिहान उत्त स्थानमा दुर्घघटना भएको थियो । मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका–५ का चेतन राय यादव रहेको प्रहरीले जनाएको छ ।

४२जना घाइते भएकामध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । काँकडभिट्टाबाट दाङको लागि गएराति १ बजे हिडेको ना ८ ख ११६४ नम्बरको बस आफै अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै यात्रीहरु घाइते भएका हुन्। घाईतेहरुको निजगढ स्थित सामुदायिक प्रसूति गृह अस्पतालमा ३४ जना र सि।टी अस्पतालमा ९ जनाको उपचार भइरहेको प्रहरीले छ ।

त्यस्तै प्रसूति गृहमा उपचाररत मध्ये ६ जना र सि।टी अस्पतालमा उपचाररत मध्ये २ जना गरी ८ जना बिरामीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय निजगढका ईन्सपेक्टर सुमित कुश्वाहाले बताएका छन् । उक्त बसको अगाडिको पट्दा भाँचेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ भने थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस