आज:  | Tue, 22, Apr, 2025

स्थानीय तहमा रिक्त रहेका पदका लागि आगामी मंसिर १६ मा उपनिर्वाचन हुंदै

३१ भाद्र २०८१, सोमबार ०५:२७ मा प्रकाशित ( ७ महिना अघि) ३३३५ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३१ भदौ ।

मुलुकमा आगमी मंसिर १६मा उपनिर्वाचन हुंदैछ । उपनिर्वाचनको लागी सरकारले मिति तोकेको छ। निर्वाचन आयोगको सिफारिशमा आईतबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न स्थानीय तहमा रिक्त रहेका पदका लागि मंसिर १६ गते उपनिर्वाचनको मिति तोक्ने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर प्रमुख आयुक्त दिनेश थपलियासहितका पदाधिकारीले मंसिर १६ गते उपनिर्वाचनको लागी मिति तोक्न सिफारिश गर्नु भएको थियो।

निर्बाचन आयोगकै सिफारिश अनुसार मंसिर १६ गतेका लागि उपनिर्वाचनको मिति तोक्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले जानकारी दिए।

विभिन्न कारणले हालसम्म रिक्त रहेका स्थानीय तहका जिल्ला समन्वय समितिका २ प्रमुखसहित ४१ जना जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन हुन भएको हो। प्रधानमन्त्री ओलीले निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस