आज:  | Thu, 19, Sep, 2024

पेट्रोलियम पदार्थको मूल्य घट्यो , प्रतिलिटर कति पुग्यो ?

३१ भाद्र २०८१, सोमबार ०५:११ मा प्रकाशित ( ३ दिन अघि) ६५ पाठक संख्या
नारी बाटिका


काठमाडौं ३१ भदौ ।

नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । शनिबार बसेको निगमको संचालक समितिको बैठकले पेट्रोलको मुल्य घटाउने निर्णय गरेको हो । यससंगै पेट्रोलको मुल्य प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ ।१ रुपैयाँ घटाएको छ ।

त्यसैगरी आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ । घटेको मुल्य गएराति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

साथै निगमले एलपी ग्याँसको खरिद मुल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएतापनि हाललाई पुरानै मुल्य यथावत राखेको निगमले जनाएको छ ।नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६३ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५४ रुपैयाँ पर्ने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस