आज:  | Thu, 19, Sep, 2024

आजको मौसम सम्वन्धि जानकारी,कोशी, बागमती र गण्डकीमा आज भारी वर्षा हुने

३० भाद्र २०८१, आईतवार ०७:१८ मा प्रकाशित ( ४ दिन अघि) १३९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ३० भदौ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । जसको कारण देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपासमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले बुलेटिन प्रकाशन गरी जनाएको छ ।

विभागका अनुसार आईतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको छ । साथै आजको राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले उक्त स्थानका नागरिकलाई सतर्क रहन विभागले अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस