आज:  | Thu, 19, Sep, 2024

६०औं राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

३० भाद्र २०८१, आईतवार ०५:२४ मा प्रकाशित ( ४ दिन अघि) १८८ पाठक संख्या
नारी बाटिका



धादिङ ३० भदौ ।

नारी विकास सहकारी संस्थाले नारी विकासबिचमा सहकार्यमा ६० औं राष्ट्रीय बाल दिबवको अवसरमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । जिल्लामा लामो समयदेखी महिला बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको केन्द्रद्वारा स्थापना भएको नारी विकास बचत तथा ऋण सहकारी संस्थाको शिक्षा समितिको तथा संस्थाको व्यवस्थापनमा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

शनिबार धादिङवेसीस्थित संस्थाको आफ्नै कार्यलय भवनमा भएको कार्यक्रममा केन्द्रका वरिष्ठ संम्रक्षक तथा जेष्ठ नागरिक चित्रकुमारी भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समयमा केही समाज तथा घर घरमा बालबालिकाहरु आफ्नै अभिभावक,चिनेजानेका आफ्ना आफन्तहरु,तथा साथीबाटै सम्रक्षण नभएको अवस्था देखिन्छ ।

समाजमा प्रत्येक घर परिवारमा बाल बालिकाका मनोभावना बुझेर उनीहरुको असल अभिभावकत्व गर्नु सके बालबालिकाको भविश्य सुनिस्चित हुन्छ भन्ने सन्देश समेत लिाउने मुख्य उदेस्यले कार्यक्रमको आयोजना गरिएको नारी विकास सहकारी संस्थाले जनाएको छ ।

दिवसकै अवसरमा संस्था तथा बाल समुहमा आवद्ध रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई कापी,कलम,डट्पेन,पेन्सिल, पेन्सिलकटर लगायतका सामान्य शैक्षिक सामग्री भएपनि वितरण गर्दा उनीहरुको पठनपाठनमा सहयोग पुग्ने भएकोले नारी केन्द्र र नारी विकासको सयुत्त आयोजनामा कार्यक्रम गरिएको नारी विकास सहकारी संस्थाका शिक्षा समितिकी समितिकी सदस्य सरस्वती लम्साल थापाले जानकारी दिनु भयो ।

यसैगरी  राष्ट्रिय बाल दिवसकै अवसरमा २०८० को एस्ईई र कक्षा बाह्रको परिक्षामा उत्कृष्ट ग्रेट प्राप्त गरी उत्तिर्ण भएका समुहमा आवद्ध बालबालिकालाई सम्मान तथा पुरस्कार पनि वितरण गरिएको नारी जागरण केन्द्रले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस