आज:  | Fri, 20, Sep, 2024

सरकारी नम्बरको जीप दुर्घटना हुंदा दुई महिला र एक पुरषको मृत्यु

२८ भाद्र २०८१, शुक्रबार ११:३२ मा प्रकाशित ( ६ दिन अघि) १४९ पाठक संख्या
नारी बाटिका


बागलुङ २८ भदौ ।

बागलुङमा  सरकारी नम्बरको गाडी दुर्घटना हुंदा दुई महिला र एक पुरषको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न बाँकी  छ । गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

साथै दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो। मृत्यु भएकाहरुको पहिचान खुल्न बाँकी छ । गलकोटतर्फ गइरहेको जीप आज बिहान दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न बाँकी रहेको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनु भयो ।

साथै सोही दुर्घटनामा परी एक पुरुष घाइते भएका छन्। प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ। घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस