आज:  | Tue, 28, Jan, 2025

सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेरको कानुन बनाउँने तयारी

२५ भाद्र २०८१, मंगलवार १५:३२ मा प्रकाशित ( ४ महिना अघि) ९८३ पटक पढिएको
नारी बाटिका


एजेन्सी – २५ भदौ ।

अस्ट्रेलिया सरकारले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोग गर्न न्यूनतम उमेर निर्धारण गर्ने भएको छ । कम उमेरका बालबालिकाले जथाभावी सामाजिक सञ्जालको प्रयोग गर्दा उनीहरुको भविश्यमा नकारात्मक जोखिम बढ्न सक्ने भन्दै प्रधानमन्त्री एन्थोनी अल्बानिजले कानुन बनाउने भएका हुन्।

प्रधानमन्त्री अल्बानिजले आमाबाबुको बालबालिकाप्रतिको चिन्तालाई समर्थन गर्ने र बच्चालाई सुरक्षित राख्ने उदेश्यले यस्तो कानुन बनाउन खोजिएको बताएका छन् । सामाजिक सञ्जाल एक्सको एक पोस्टमा उनले भने “हामी बालबालिकाको सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने छौं।”

“अधिकांश आमाबाबुले मलाई सामाजिक सञ्जाल प्रयोग गर्न आफ्ना बच्चाहरूको उमेर कति हुनुपर्छ भन्ने प्रश्न गर्ने गर्दछन्। हामी संसदमा सामाजिक सञ्जाल र अन्य डिजिटल प्लेटफर्महरूका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानून पेश गर्ने भएका छौँ। ू

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस