आज:  | Sat, 28, Dec, 2024

आफुलाई धोका दिएर अर्कैसँग लागेको भन्दै प्रेमिकाको हत्या

२४ भाद्र २०८१, सोमबार १३:०६ मा प्रकाशित ( ३ महिना अघि) ८१६ पटक पढिएको
नारी बाटिका


काठमाडौं – २४ भदौ ।

केही दिनअघि गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा भेटिएको महिलाको हत्या उनकै प्रेमीले गरेको खुल्न आएको छ। गएको बिहीबार बिहान अ.९ः४५ बजेतिर सुन्दरीजलस्थित बागमतीको किनारमा शंकास्पद अवस्थामा एक अपरिचित महिलाको शव फेला परेको थियो।

शरीरमा चोटपटक लागेको अवस्थामा प्रहरीले शव भेटिएपछि हत्या भएको आशंकामा अनुसन्धान थालेको थियो। त्यसपछी जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको अनुसन्धानमा जुटेको थियो । दुई दिनपछि प्रहरीले महिलाका प्रेमीसहित दुई जनालाई बसुन्धरा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सर्लाही चक्रघट्टा गाउँपालिका ३ बस्ने ४० वर्षका राम विनय महरा र सर्लाही जिल्लाकै बसगरिया गाउँपालिका ५ घर भई हाल काठमाडौं बसुन्धारा बस्दै आएका २४ वर्षका सन्तोस राम महरा रहेका छन्। विनय सन्तोषका नाताले फुपाजु पर्ने बताईएको छ । साथै पक्राउ परेका राम विनय महरा मृतक महिलाको प्रेमी भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

मृतक महिला सिराहा घर भई हाल काठमाडौं ३ बसुन्धारा बस्दै आएकी रामदुलारी रहेको बयान प्रहरीसमक्ष दिएका छन्। दुलारीको परिवार तथा आफन्त सम्पर्कमा आइनसकेको प्रहरीले बताएको छ। राम विनय पुलमुनि जुत्ता सिलाउने काम गर्दै आएका थिए भने मृतक रामदुलारी मजदुरीको काम गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

विनयले आफू र मृतक दुलारीबीच २ वर्ष अघिदेखि चिनजान भएको र प्रेम सम्बन्ध रहेको बताएका छन्। मृतक दुलारीले दिनहुँ जाँड रक्सी खाने तथा अन्य पुरुषसँग पनि सम्बन्धमा रहेको आशंकामा प्रेमी राम विनय महराले हत्या गर्ने योजना बनाएका थिए। उनको योजना अनुसार सन्तोष महरासँग मिलेर घटनाको दिन दुलारीलाई सुन्दरीजल पुर्‍याएका थिए।

योजनाकार विनयले सुन्दरीजलसम्म लगी विनय र सन्तोषले दुलारीलाई अग्लो स्थानबाट धकेलेर घाइते बनाएका थिए। दुलारी घाइते अवस्थामै रहेका बेला उनीहरू दुवै जनाले पालैपालो ढुंगाले पटक(पटक टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। हत्यापछि उनीहरुले सुन्दरीजलस्थित बागमती नदी किनारमा ढुंगाको चेपमा शव व्यवस्थापन गरेका प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस