आज:  | Sat, 28, Dec, 2024

नागरिकले भरोसा गर्न सक्ने वातावरणको कार्यसम्पादन गर्नुहोस,महानिरीक्षक कुँवर

२३ भाद्र २०८१, आईतवार १५:५९ मा प्रकाशित ( ३ महिना अघि) ५२७ पटक पढिएको
नारी बाटिका


काठमाडौं– २३ भदौ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी समेन्त्रका अधिकारीलाई इमानदारीता, पारदर्शीताको हिसावले काम गर्न निर्देशन दिनु भएको छ । उहाँले नागरिकको धनजनको सुरक्षाका निमित्त व्यावसायिक निष्ठा र सकारात्मक मनोवृत्तिका साथ संगठनको नीति एवम् प्राथमिकतालाई केन्द्रबिन्दुमा राखेर नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनु भएको हो।

सरूवा तथा काजमा आफ्नो कार्यक्षेत्रमा खटिका प्रहरी निरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरल सो कुरा बताउनु भएको हो।

त्यसैगरी महानिरीक्षक कुँवरले सांगठनिक शुद्धिकरण र सुदृढिकरणलाई केन्द्रबिन्दुमा राखेर प्रहरीको व्यावसायिकता झल्काउने गरी नागरिकको आँखामा अब्बल प्रहरीको छाप बनाउनुका साथै उर्जाशील एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफैलाई उत्प्रेरित गर्दै काम गर्न निर्देशन दिनु भयो।

त्यस्तैै सोही अवसरमा प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले संवोधन गर्नु भएको थियो ।

साथै मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकाल र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले सरूवा भई कार्यक्षेत्रमा जाँदै गरेका प्रहरी अधिकृतहरूलाई सक्रियतापुर्वक कार्य गर्न निर्देशन दिनु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस