आज:  | Mon, 16, Sep, 2024

एकै नम्बरका पाँचवटा मोटरसाईकल सहित अछामका २ युवक पक्राउ

२२ भाद्र २०८१, शनिबार ०५:१८ मा प्रकाशित ( १ हफ्ता अघि) ७८ पाठक संख्या
नारी बाटिका


काठमाडौं २२ भदौ।

एकै नम्बरका पाँचवटा मोटरसाईकल भेटिएपछी प्रहरीले मोटरसाईकलसहित २ जना नियन्त्रणमा लिएको छ । उपत्यका प्रहरीले चोरीपैठारीका घटनाहरुलाई नियन्त्रण गर्न र चोरीएका सवारी साधनहरुलाई खोजतलास गर्दै,चोरीमा संलग्न व्यक्तिहरु माथी बिशेष निग्रानी राख्न उपत्यका ट्राफिक प्रहरी कार्यालयको छुट्टै टोली खटाएको छ ।

प्रहरीले पछिल्लो समयमा थप सक्रियतापूर्बक खटिदै आएको चोरी नियन्त्रणमा खटिएका टोलीले काठमाडौँ महानगरपालिका ३१ स्थित मध्य बानेश्‍वरबाट बिहीबार मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको छ ।

शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको नयाँ मोडलको ३५० सिसिको बुलेट मोटरसाइकल चलाइरहेका अछाम जिल्ला चौरपाटी गाउँपालिका २ घर भई कोटेश्वर बस्ने बर्ष २८ को हिमाल खत्रीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । खत्रीसँग बरामद भएको बुलेट मोटरसाईकल नेपालमा दर्ता नभएको खुलेपछी थप अनुसन्धान गर्दै जाँदा सोहि नम्बरको अर्को पनि मोटरसाईकल छ भन्ने पत्ता लागेको हो ।

मोटरसाईकलको खोजतलासमा निस्केको ट्राफिक प्रहरी टोलीले मध्यबानेश्‍वर बस्दै आएका अछाम चौरपाटी गाउँपालिका २ घर भएका २५ वर्षीय प्रमोद कुँवरलले चलाएका से ७ प ८५६२ नम्बरको ३५० सिसिको खैरो रंगको बुलेट मोटरसाईकल सहित उनीहरुलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा सुचनाअधिकारी प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए ।

तर सो मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२(०४७ प १९७५ रहेको र काठमाडौँ स्थित रानीबारीबाट गत श्रावण २८ गते हराएको भनि रानीबारी बस्ने रुपन्देहीका अनुज पाण्डेले उपत्यका ट्राफिक प्रहरीमा निवेदन दिएका थिए । सोधपुछका क्रममा से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकल समेत रहेको चोरीमा संलग्न कुँवरबाट खुलेपछि गाडा निलो रंगको १५० सिसिको एफ।जेड।एस। मोटरसाइकल समेत छाउनीबाट प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धान गर्दा वास्तविक नम्बर बागमती प्रदेश ०२(०३८ प ९२५३ रहेको उक्त मोटरसाइकल काडाँघारी बस्ने ओखलढुंगाका उत्तम कुमार पराजुलीको रहेको खुल्न आएको हो । उक्त मोटरसाईकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो । थप अनुसन्धानका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका मोटरसाईकल सहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरि भन्सार छलेको आशंकामा बुलेट मोटरसाइकल सहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रवक्ता खड्काले जानकारी दिए ।

करिव एकमहिना अगाडी से ७ प ८५६२ नम्बर प्लेट भएको कालो रंगको यामाहा कम्पनीको १५५ सिसिको एमटी१५ बेबारिसे अबस्थामा फेलापारि प्रहरी बृत्त सिंहदरवारको नियन्त्रणमा रहेको तथ्य खुलेको हो । अनुसन्धान गर्दा बास्तबिक नम्बर बा.प्र.०२(०२२ प ५०७८ भएको उक्त मोटरसाईकल बागबजार बस्ने हितेश तण्डुकारले सिफल एरियाबाट हराएको भनी ट्राफिक प्रहरीमा निबेदन दिएका थिए ।

प्रहरीले पक्राउ गरेको बास्तबिक नम्बर से ७ प ८५६२ भएको गाडा निलो रंगको १५० सिसिको एफ।जेड।एस। भने भन्सार कार्यालय पठाइएकोमा उक्त मोटरसाइकल खत्रीको रहेको तथ्य समेत खुलेको थियो । साथै सो मोटरसाईकलको बास्तबिक ब्लुबुकलाई प्रयोग गरि अन्य मोटरसाईकल समेत प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

सो बारेमा थप अनुसन्धान भैईरहेको छ । सवारी साधन चोरी क्रम बढ्दै गएकोले आफ्नो सवारीहरु सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक,लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै एकान्त स्थानमा लामो समय पार्किङ नगर्न प्रवक्ता खड्काले सम्पूर्णमा अनुरोध गर्नु भएको छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस