आज:  | Mon, 16, Sep, 2024

सुत्केरी गराउन अस्पताल गएकी महिलाको बच्चा जन्मिएलगतै मृत्यु भएपछि बर्थिङ सेन्टरमा तोडफोड

२२ भाद्र २०८१, शनिबार ०४:२२ मा प्रकाशित ( १ हफ्ता अघि) ६९ पाठक संख्या
नारी बाटिका


रौतहट २२ भदौ ।

सुरक्षित सुत्केरी गराउन अस्पतालमा आएकी एक सुत्केरीको मृत्यु भएपछि रौतहटको बर्थिङ सेन्टरमा तोडफोड भएको छ। रौतहडको गरुडा नगरपालिका वडा नं—५ शिवनगरका स्थानीय अरबिन्दकुमार साहकी अ. २२ वर्षीया पत्नी रमिता देवीको मृत्यु भएपछि अस्पतालमा विवाद उत्पन्न भएको हो ।

रमिता देवी सुरक्षित सुत्केरी हुन बिहीवार मध्यरातमा नै महम्मदपुर स्वास्थ्य चौकी पुर्याईएको थियो । उनका बच्चा जन्मेपश्चात अत्यधिक रक्तस्राव हुनथालेपछि बर्थिङ सेन्टरले वीरगन्ज रेफर गरेको थियो । तर रमितालाई वीरगन्जस्थित इन्डो–नेपाल अस्पतालमा पुर्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका थिए।

सुत्केरी भए लगतै रमिताको अत्यधिक रक्तस्राव भई मृत्युपछि बर्थिङ सेन्टरका डाक्टर र कर्मचारीमाथि आफन्तले लापरवाहीको आरोप लगाउँदै स्थानीयले तोडफोड गरेका हुन्। घटनाले उग्ररूप लिएर चन्द्रनिगाहपुर गौर जोड्ने मुख्य राजमार्गमा प्रदर्शनकारीहरुले करिब साढे २ घण्टाभन्दा बढी समय चक्काजाम समेत गरेका थिए।

उक्त घटनापछि नगर प्रमुख कन्थमनि प्रसाद कल्वारको घरमा समेत शव राख्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सुत्केरी रमिताको मृत्यु भए पनि नवजात शिशु सुरक्षित रहेको बताइएको छ।

इलाका प्रहरी कार्यालय गरुडाले यस घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ। मृतकका परिवारले उचित क्षतिपूर्ति र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस