आज:  | Sun, 05, Jan, 2025

तीज व्रतको अघिल्लो दिन आज दर खाने तयारी

२० भाद्र २०८१, बिहीबार ०८:०५ मा प्रकाशित ( ४ महिना अघि) ११४८ पटक पढिएको
नारी बाटिका


बिबियु नारी संन्चार संवाददाता

धादिङ- २० भदौ ।

नेपाली नारीहरुको महत्वपुर्ण पर्व हरितालिका तीज व्रतको अघिल्लो दिन आज दर खाने तयारी गरिँदै छ । भोली तिजको ब्रत बस्ने ब्रतालु महिलाहरुले आजको बेलुकी खाई आजकै मध्य रातमा विभिन्न परिकारहरु बनायर दर खाने प्रचलन छ । देशभरका सनातन धर्मावलम्बी महिलाले आज बिहीबार दर खाने तयारीमा छन्। भाद्र शुक्ल द्वितीयाका दिन बेलुकी दर खाने परम्परा विगतदेखी नै चलिआएको छ।

भोली भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले विवाहिता महिलाले अघिल्लो दिन माईतीघरमा गई दर खाने चलन छ। दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइने गरिन्छ ।

दर खाने दिन कुशे औँसीको पर्सिपल्ट पर्ने भए पनि यो वर्ष एक दिन पछाडि परको छ। पञ्चांगहरूले यो वर्ष दुई दिन औँसी रहेको उल्लेख गरेका छन्। त्यसैकारण औँसीको तेस्रो दिन द्वितीया तिथि परेको हो।

दर खानकै लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन छ। विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन्। कर्मघरमै रहेका महिलाले संम्भव भएसम्म परिवारका सदस्यसँगै दर खाने गर्छन्।

भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेषगरी दूधबाट बनेका खिर, ढकनेका साथै चाम्रे, सेलपुरी, पुआ र गुँदपाकका साथै फलफूल खाने चलन छ। यस्तै मौसम अनुसारका तरकारी(अचार लगायतका खानेकुरा बनाएर पनि खाने चलन छ।

दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ।द दुई भाग रात बाँकी हुँदै दर खाइसक्नु पर्ने मान्यता रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्।तर पछिल्लो समयमा समाजमा आएको विकृतले एकडेढ महिनादेखि पार्टी प्यालेस,होटल,रेस्टुरेन्ट लगायतमा भोज गर्ने र दरका नाममा तामसिक पदार्थ खाने चलन बढेको भन्दै बुढापाकाहरु,सामाजिक व्यक्तित्व तथा संस्कृतिविद् हरुले चिन्ता व्यक्त गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस