आज:  | Sat, 28, Dec, 2024

बाउ आमाको झगडामा नाबालिग सन्तान परे निसानामा आफ्नै आमाले विष खुवाएर मारिन्

२० भाद्र २०८१, बिहीबार ०४:५४ मा प्रकाशित ( ३ महिना अघि) ५७० पटक पढिएको
नारी बाटिका


विराटनगर २० भदौ ।

विराटनगरकी एक महिलाले आफ्नै दुई छोरीलाई विष खुवाएर मारेकी आमाले प्रहरीमा आफैले विष खुवायर मारेको बयान दिएकी छन् । सोही आरोपमा पक्राउ परेकी अस्मिता कार्कीले आफ्ना नाबालिग सन्तान आफूले नै मारेको स्वीकारी बयान दिएकी हुन्।

बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा उनलाई सार्वजनिक गर्ने क्रममा आफैंले विष सेवन गराएर दुई छोरी मारेको स्वीकार गरेकी छन्। उनलाई घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा प्रहरीले फेला पारिएको थियो। त्यसपछि अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरी प्रमुख नवराज कार्कीका अनुसार उनलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थपेर अनुसन्धान शुरू गरिएको छ। प्रहरीका अनुसार अस्मिताले गत शुक्रबार दुई छोरीलाई सँगै लिएर हिँडेकी थिइन् तर दुवै छोरीको शव शनिवार दिउँसो मोरङको केराबारीमा भेटिएका थिए । तर अस्मिता भने भेटिएकी थिइनन्।

अस्मिताको घर धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे भई सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन्।

े समस्या के थियो त ?

उनीहरूले सुन्दरहरैँचा भन्ने स्थानमा नयाँ घर बनाउँदै थिए। सोही घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो। विवादपछि २ जना नाबालिका छोरी लिएर अस्मिता बेपत्ता भएकी थिइन्। प्रहरीले नाबालिकालाई विष खुवाएर हत्या गरेको निष्कर्ष निकालेको छ भने स्वयम् आमाले पनि स्वीकार गरेकी छिन्।

अस्मिताको परिवारले दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ। अस्मिताले भनेअनुसार विष खुवाएको हो होइनन् परीक्षणका लागि रगत जाँच गराउन दिएको र प्रारम्भिक अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस