आज:  | Tue, 22, Apr, 2025

बिदाको दिन ओपीडी सेवा दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्देशनप्रति चिकित्सक संघको आपत्ति

१९ भाद्र २०८१, बुधबार ०८:१६ मा प्रकाशित ( ७ महिना अघि) ३१८१ पटक पढिएको
नारी बाटिका


बिबियु

काठमाडौं १९ भदौ ।

नेपाल चिकित्सक संघ (एनएमए)ले बिदाको दिनमा पनि ओपीडी सेवालाई खुल्ला गर्नुपर्ने प्रधानमन्त्रीको निर्देशनलाई अव्यवहारिक तथा अवैज्ञानिक भएको बताएको छ ।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा वलीको निर्देशनमा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट स्वास्थ्य सम्बन्धी सेवा बहिरंग सेवासमेत प्रवाह गर्नुपर्ने निर्णयका विषयमा मंगलबार विज्ञप्ति जारी गरी यस निर्णय अव्यवहारिक तथा अवैज्ञानिक भएको निष्कर्ष निकालेको हो।

यही भाद्र ७ गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले ‘स्वास्थ्यसम्वन्धी सेवा प्रवाह गर्ने सम्बन्धमा’ स्वास्थ्य मन्त्रलयललाई २०८० पुस १२ गतेको मन्त्री परिषदको निर्णय तथा २०८० माघ २९ गतेको गृह मन्त्रालयको सुचना उद्घृत गर्दै पत्राचार गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस