आज:  | Fri, 22, Nov, 2024

सहकारी ठगी प्रकरणको छानबिन समितिलाई १५ दिनको समय थप

१९ भाद्र २०८१, बुधबार ०४:०३ मा प्रकाशित ( २ महिना अघि) १९६ पाठक संख्या
नारी बाटिका


बिबियु नारी संन्चार संवाददाता

काठमाडौं १९ भदौ ।

सहकारी संस्थामा भएको बचत हिनामिना प्रकरणमा छानविन गर्न गठित सं‌सदीय विशेष समितिको समयावधि थप भएको छ। पछिल्ले समयमा मुलुकमा संन्चालिक केही सहकारी संस्थाका कर्मचारी संन्चालकहरु मिलेर सहकारी संस्थाका रकम दुरुपयोग भएको पाईएपछी सो सम्बन्धमा छानविनका लागी सरकारद्वारा विशेष बनाईएको थियो ।

सरकारले दिएको म्यादभित्र समितिको काम नसकिएपछी मंगलबार प्रतिनिधि सभामा राखिएको समयावधि थप सम्बन्धी प्रस्ताव बहुमतले पारित गर्दै १५ दिन थप भएको सभामुख देवराज घिमिरेले जानकारी गराएका थिए । हिजो बसेको प्रतिनिधि सभाको बैठकमा सहकारी सम्बन्धमा संसदीय विशेष छानबिन समितिका संयोजक सूर्य थापाले समयावधि थप गर्न प्रस्ताव पेश गरेका थिए।

गएको जेठ १५ मा गठन गरिएको उक्त संसदीय छानविन समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । पहिले समितिको अवधि ३ महिनाको लागी तोकिएकाले यही २२ भदौमा उक्त समय सकिँदै थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस