आज:  | Sat, 28, Dec, 2024

बाजुराको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखामा चोरी

१५ भाद्र २०८१, शनिबार १२:४५ मा प्रकाशित ( ३ महिना अघि) ३०४ पटक पढिएको
नारी बाटिका


बाजुरा १५ भदौ ।

बाजुराको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखामा अज्ञात व्यक्तिद्वारा चोरी भएको छ । गौमुल गाउँपालिकाको घटमुना बजारस्थित कुमारी बैंकको शाखाम कार्यालयमा गएराति २ बजेको समयमा एक जना व्यक्ति बैंकमा प्रवेश गरेको र कम्प्युटर चोरी गरेको शाखाका प्रबन्धक शितल रावतले जानकारी दिए ।

रातिको समयमा “एक जना व्यक्ति कार्यालयको मुल ढोका तोडफोड गरी बैंकभित्र पसी एउटा कम्प्युटर चोरी गरी लगेको सिसिटिभीमा देखिएको छ, प्रहरीले अनुसन्धान गरिरहेको प्रबन्धक रावतले बताएका छन्”, ।

यसैगरी गए राति नै घटमुना बजारमा रहेका चार वटा पसलमा पनि चोरी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । “बैंकमा एक जना मात्र सुरक्षाकर्मी रहेको र उनको राति ८ बजेसम्म मात्रै ड्युटी सकिएको जानकारी प्राप्त भएको छ ।

बैंकका सुरक्षाकर्मी नभएको समयमा अज्ञात व्यक्तिले बैंकको मूल ढोका तोडफोड गरी बैंकभित्र प्रवेश गरेको सिसिटिभीद्वारा देखिएको छ, । जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरीक्षक रविन्द्रसिं कार्कीका अनुसार सो घटना सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ”, ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस