आज:  | Thu, 21, Nov, 2024

विश्वभरका नेपाली स्वास्थ्यकर्मीको संलग्नतामा ‘नेपाल हेल्थ समिट’गर्ने मन्त्रालयको निर्णय

१२ भाद्र २०८१, बुधबार ०४:३९ मा प्रकाशित ( २ महिना अघि) २०५ पाठक संख्या
नारी बाटिका


काठमाडौं १२ भदौ ।

नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको सुधार गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाउने भएको छ । जस अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका क्षेत्रमा विश्वभर क्रियाशिल नेपाली स्वास्थ्य विज्ञहरुको सहभागीतामा नेपाल हेल्थ समिट आयोजना गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार यससम्बन्धी निर्णय गर्नु भएको छ । उहाँले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा ‘नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हाँँसिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आबद्ध गराई आवश्यक प्रबन्ध गरिने’ उल्लेख गरिएको थियो ।

विश्वभरका नेपाली चिकित्सक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा नर्सहरुको सीप र दक्षतालाई देशको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव लिनका लागि सम्मेलन गर्न लागिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी ििदनु भयो ।

समिटमा सहभागी हुने नेपाली स्वास्थ्य विज्ञबाट प्राप्त सुझावका आधारमा मन्त्रीज्यूको लक्ष्य अनुसार स्वास्थ्य क्षेत्रमा सुधारको कार्ययोजना तयार पारिने उदेस्य रहेको छ । यसका निमित्त मन्त्रालयले आवश्यक तयारी गर्न डा.प्रकाश थपलियाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल पनि गठन गरेको छ ।

उक्त कार्यदलमा स्वास्थ्य विज्ञ डा.सम्भु आचार्यसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका संक्रामक रोग विशेषज्ञ डा.जनक कोइराला तथा धुलिखेल अस्पतालका डा.विराज कर्माचार्यलाई सदस्य राखिएको छ ।

यसैगरी, विज्ञहरु डा रुना झा, डा अर्चना अमात्य, वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुगाना र प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिलाई सदस्य तोकिएको छ ।

सोही कार्यदलको सुझाव तथा सिफारिसका आधारमा मन्त्रालयले सम्मेलनको मिति तथा आवश्यक कार्यक्रमको खाका तय गर्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस