आज:  | Sun, 22, Dec, 2024

एकैघरका दाजुबहिनीको सिँचाइपोखरीमा डुबेर मृत्यु, शोकमा गाउँ

११ भाद्र २०८१, मंगलवार ०४:१५ मा प्रकाशित ( ३ महिना अघि) ५१३ पटक पढिएको
नारी बाटिका


खोटाङ -११ भदौ ।

खोटाङमा एउटै घरका दाजुबहिनीको सिँचाइपोखरीमा डुबेर मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–३ च्याम्टिारस्थित बाङमाका दुई बालबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा सौही गाउँका गइन्द्र राईको छ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको शोमबार साँझ सिँचाइपोखरीमा डुबेर मृत्यु भएको थियो।

दाजुबहिनी दनभर घरैमा खेलिरहेका र बेलुकीपख दुवैजना हराएपछि खोजी गर्नेक्रममा घरदेखि केही पर रहेको भुतियाखोला नजिकै बनाइएको सिँचाइपोखरीमा डुबिरहेको आवस्थामा फेला परेका थिए। बेलुका हिजो साँझ अ. पौने छ बजेतिर फेला पारिएका दुवैजनालाई हातखुट्टा चलाउँदै गरेको अवस्थामा सिँचाइपोखरीबाट उद्धार गरेर घरमा ल्याएको केही समयमा दुवैजनाको मृत्यु भएको थियो ।

घटना भएको जानकारी पाएलगत्तै प्रहरी चौकी च्यास्मिटारबाट प्रहरी सहायक निरीक्षक जबरबहादुर बस्नेतको नेतृत्वमा प्रहरी टोली खटिएका थिए। खानेपानीको मुहानसमेत रहेको उक्त स्थानमा सिँचाइका लागि पोखरी निर्माण गरिएको थियो। सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीस्थित च्यास्मिटारका स्थानीय बासिन्दा हिउँदको समयमा उक्त मुहानमा खानेपानी लिन जाने गरेका थिए।

मृतक ६ वर्षका बालक सङ्गम राई स्थानीय कलङ्का आधारभूत विद्यालको कक्षा–२ मा पढ्थे। मृतक बालकहरुका बुबा गइन्द्र राई वैदेशिक रोजगारीमा रहेका र आमा ममताको दुवै सन्तानको पोखरीमा डुबेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ।

यसअघि यही भदौ– ७ गते पनि ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित खिरुका ११ वर्षीय अर्जुन राई र नौँ वर्षीय राज राईको खोलाको दहमा डुबेर मृत्यु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस