आज:  | Wed, 15, Jan, 2025

पछिल्लो समयमा देउवासँग मिलेको भन्ने आरोपप्रति कोइरालाको कडा आपत्ति

१० भाद्र २०८१, सोमबार ०४:३१ मा प्रकाशित ( ४ महिना अघि) १०८३ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १० भदौ ।

नेपाली कांग्रेसमा सम्पन्न १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धा गरेका बरिष्ठ नेता डा शेखर कोइरालाले पछिल्लो समय सभापति देउवासँगै निकट रहेको भन्ने आरोपप्रति उहाँले आपत्ति जनाउनु भएको छ । शेखर–गगन पक्षको आइतबार बसेको बैठकमा नेता कोइरालाले आफ्नै समूह भित्रका नेताहरुले अनावश्यक हल्ला फैलाएको भन्दै आपत्ति जनाउनु भएको थियो।

पार्टीका उपसभापति धनराज गुरुङको पहलमा कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार समूहको बैठक भएको थियो । सोही बैठकमा नेता कोइरालाले सभापति शेरबहादुर देउवातिर ढल्किएको भनी आफुलाई लागेको आरोपको प्रतिवाद गर्नु भएको थियो ।

‘उहाँले सभापति देउवासँग मिल्न खोजेको भन्ने आरोपप्रति कडा टिप्पणी गर्नु भयो । शेरबहादुरसँग मिल्यो भन्ने भाष्य बनिरहेको छ । यस्तो भाष्य आफ्नै साथिहरु क–कसले बनाउनु भएको होे ? त्यो शंकाबाट बाहिर निस्कनुस् कडा शव्दमा भन्नु भएको थियो

बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले यस भेटलाई निायमित भेट र सामान्य समिक्ष मात्रै भएको बताएका छन् । बैठकमा संस्थापन पक्षका नेताहरुले डा. कोइरालाले समूहको छलफल नियमित नभएकोप्रति कोइरालासँग चासो व्यक्त गरेका थिए । नियमित हुनु पर्ने छलफलमा कमी भएको केन्द्रीय सदस्यहरुको भनाईप्रति नेता कोइरालाले समूहको छलफल धेरै समयसम्म हुन नसकेको स्वीर्कादै नियमित बस्ने विश्वास पनि दिलाउनु भयो ।

सभापती देउवाले गरेका पछिल्लो कार्यमा नेता कोइराला नरम देखिएको भन्दै आगामी १५ औं महाधिवेशनमा देउवाकै उम्मेदवार कोइराला हुन सक्ने अड्कबाजी समेत गरिरहेका छन् । समूहको छलफलमा महासमिति र केन्द्रीय समितिमा आएका प्रतिवेदनलाई पार्टीको दस्तावेज भन्दा पनि व्यक्तिको जस्तो गरी प्रचार गरिएकाले नेताहरुले असन्तुष्टि व्यक्त गरेका थिए ।

त्यसैगरी शेखर–गगनबीचको समन्वय, पार्टी बैठकमा उठेका एजेण्डाहरुमा समेत व्यापक चर्चा भएको बैठकमा सहभागी एक स्रोतले बताए । ‘एक्जिटपोलका विषयमा पनि महामन्त्री विश्व प्रकाश शर्माको प्रस्ताव अस्पष्ट भएको र यो विषय आवश्यक हो की होइन भन्ने सम्मको कुरा नेताहरुबाट उठेको थियो ।

त्यस्तै छलफलका क्रममा महामन्त्री गगन थापा र नेता शेखरबीचको समन्वय अभाव खड्कीएको कुरा समेत उठेको थियो ।’ तर नेता कोइरालाले आईतबारको बैठकमा आफ्नो समुहमा कुनै तलमाथि नभएको जिकीर गर्नु भएको बताइएको छ ।

बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरु बलबहादुर केसी, सरिता प्रसाई, दिपक गिरी, डा. गोविन्द पोखरेल, प्रकाश स्नेही, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, मुक्ता यादव, किरण यादव, गणेश लामा, ह्रदयराम थानी लगायत सहभागी थिए ।

तर महामन्त्री गगन थापा, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायत नेताहरु भने सहभागी थिएनन् । सभापति शेरबहादुर देउवासँग महामन्त्री थापाको भेट तय भएकाले उनी अनुपस्थित रहेको बैठकमा जानकारी गराइएको थियो । ‘दुई महामन्त्री र सभापतिको छलफल भएकाले उहाँहरु आउन सक्नु भएन । सहमहामन्त्री बद्री पाण्डे भारत भ्रमणमा रहेकाले बैठकमा सहभागीताको अवस्था रहेन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस