आज:  | Thu, 21, Nov, 2024

नेपाली तीर्थयात्री लिएर गएको बस भारतमा दुर्घटना हुदा ३० भन्दा बढी घाइते

९ भाद्र २०८१, आईतवार १४:३५ मा प्रकाशित ( २ महिना अघि) १५३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ९ भदौ ।

तीर्थयात्री लिएर गएको बस भारतमा दुर्घटना, हुदा ३० भन्दा बढी नेपाली घाइते भएका छन् । बाराको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार ना७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो । नेपाली तीर्थयात्री सवार रहेको बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको जनाएका छन् ।

उक्त दुर्घटनामा कम्तीमा पनि ३० भन्दा बढी तीर्थयात्रीहरु घाइते भएका छन् । बसमा ४३ जना यात्री सवार रहेको जनाइएको छ। दुर्घटनामा परी घाइते भएकालाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको र सामान्य चोट लागेका केहीलाई उपचारपछि डिस्चार्ज गरिएको संन्चार माध्यमले बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस