आज:  | Tue, 03, Dec, 2024

शुक्रबार तनहुँमा भएको बस दुर्घटनाको अवस्था बुझ्न भारतीय मन्त्री नेपाल आउँदै

८ भाद्र २०८१, शनिबार ११:३९ मा प्रकाशित ( ३ महिना अघि) १५२ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ८ भदौ ।

शुक्रबार तनहुँमा भएको बस दुर्घटनाका घाइते यात्रुको अवस्था बुझ्न भारत सरकारले एक मन्त्रीलाई नेपाल पठाउने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे केही बेरमा विमान मार्फत विशेष भ्रमण तय गरी काठमाडौं आउन लागेकी हुन्।

इण्डियन समाचार माध्यमहरुले जनाए अनुसार दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय नागरिकको ​शव यही विशेष विमानबाट लगिने भएको छ।महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा केन्द्रीय गृहमन्त्री अमित शाहले शव फिर्ता लैजान भारतीय वायुसेनाको विशेष विमानको व्यवस्था र समन्वयका लागि विशेष अधिकारी नियुक्त गरेको जनाइएको छ।

सुक्रबार पोखराबाट काठमाडौँ तर्फ आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रबार दिउँसो सडकबाट करिब २०० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। सोही दुर्घटनामा परी २७ जनाले ज्यान गुमाएका छन् भने १६ जना गम्भिर घाईते भएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस