आज:  | Sat, 28, Dec, 2024

आँबुखैरेनी गाउँपलिका ऐनापहरामा भएको दुर्घटनाका घाइते र मृतकको विवरण

८ भाद्र २०८१, शनिबार ०५:२१ मा प्रकाशित ( ४ महिना अघि) ७३४ पटक पढिएको
नारी बाटिका


तनहुँ ८ भदौ ।

तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा सुक्रबार भएको भारतीय यात्रुबस दुर्घटनामा परी २७ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले २७ जनाको मृत्यु भएको र १६ जना घाइते रहेको जानकारी दिनु भयो । घाइतेहरूको काठमाडौँको शिक्षण अस्पतालमा उपचार भइरहेको बताउनु भएको छ । घाइते १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

प्रहरीका अनुसार सो बसमा चालक र सहचालक सहित ४३ यात्रु सवार थिए। पोखराबाट काठमाडौँका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरान जिकबाट मर्स्याङ्दीमा खसेको हो।

मृत्यु हुने सबैको शव आँबुखैरेनीमा राखिएको छ। उक्त भारतीय बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको लागी रुट पर्मिट लिएर नेपाल भित्रिएको पाइएको थियो । २ दिन पोखरा घुमेर सुक्रबार काठमाडौँ आउँदै गर्दा बस दुर्घटनामा परेको हो। २ वटा बस सँगसँगै आउँदा एउटा दुर्घटनामा परेको बताइएको छ।

साथै सोही बस दुर्घटनाका घाइते र मृतकको नामावली विवरण सहित

शिक्षण अस्पताल काठमाडौँमा उपचार गराईरहेका घाइते कसैको पनि (वतन खुलेको छैन)

१. वर्ष ६० का सुनिल झाण्डे‚ कम्मरमा चोट‚ अवस्था गम्भीर।
२.वर्ष ४५ की भारती पटेल‚ विभिन्न भागमा चोट‚ अवस्था गम्भीर।
३. वर्ष ३२ को अविनाश पटेल‚ दुबै गोडा र छातीमा चोट‚ अवस्था गम्भीर।
४. वर्ष ४५ की रेखा कोटी‚ शरीरका विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।
५. वर्ष ५५ को न्यारेश्वर नोन्डे‚ शरीरका विभिन्न ठाउँमा चोट।
६. वर्ष ५८ को आनन्द इक्ले‚ विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।
७. वर्ष ६० की आशा पाण्डुरा पटेल‚ शरीरका विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।
८।.वर्ष ६० की शारदा पटेल‚ विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।
९. वर्ष ५५ को प्रवीण पटेल‚ अनुहार र हातगोडामा चोट‚ अवस्था गम्भीर।
१०. वर्ष ५६ को हेमराज सरौती‚ विभिन्न ठाउँमा चोट‚ बोल्न सक्ने।
११. वर्ष ५८ की आशा बोन्डे दुबै हातमा र अनुहारमा चोट‚ अवस्था गम्भीर।
१२. वर्ष ४३ की रूपाली सरौदी‚ विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।
दोस्रो लटमा थप उपचारका लागि काठमाडौँ ल्याएका घाईतेहरुको विवरण

१. वर्ष ५६ का हेमराज सरोद
२.वर्ष ४५ को सिम अनन्तास्कन्डे​​
३।.वर्ष ६७ की कुमोदिनी झाप्रे
४. वर्ष ४२ की नीलिमा घेरोङ

सोही दुर्घटनामा परी मृतकको विवरण

१. वर्ष ४५ का सुहास प्रभाकर राणे ( पुरुष
२.वर्ष ४२ की सरला सुवास राणे ( महिला
३. वर्ष ५७ की नीलिमा सुनिल घाडे ( महिला
४. वर्ष ६२ का तुक्सीराम तायडे ( पुरुष
५. वर्ष ४५ की मंगला विलास राणे ( महिला
६।.वर्ष ६० का सुधाकर वकीराम जावके ( पुरुष
७. रोहिणी सुधाकर जावके
८. सागर कडु जावके
९ वर्ष ६० की भारती प्रकाश जावके (महिला
१०. वर्ष ५० को संदिप राजाराम सरोदे ( पुरुष
११. पल्लवी सन्दीप सरोदे
१२. गणेश पाण्डुरंग भारंवे
१३।े. सुलभा पाण्डुरंग भारंवे
१४. मिनल गणेश भारंवे
१५. वर्ष ६ की परी गणेश भारंवे (महिला
१६. नीलिमा चन्द्रकान्त जावके
१७. वर्ष ४४ को पंकज भगवन भंगाके (पुरुष
१८. अनिता अविनाश पाटिल
१९. मुर्तीजा खान
२०. वर्ष २८ को अनुप सरोजे (पुरुष
२१. वर्ष ६० की सरला तुडसिराम ताछेडे ( महिला
२२. वर्ष ६२ की सुल्क वारमे ( महिला
२३( रुपाली हेमराज सरोजे
२४. गोकर्णी सन्दीप सरोदे
२५. वर्ष १६ की सदना सुहास राय
२६. सरोज मनोज भिरुक
२७. एकजनाको सनाखत हुन बाँकी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस