आज:  | Wed, 15, Jan, 2025

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेसंग ७ गते छानविन समितिले बयान लिने

६ भाद्र २०८१, बिहीबार ०४:१७ मा प्रकाशित ( ४ महिना अघि) ८९६ पटक पढिएको
नारी बाटिका


काठमाडौं ६ भदौ ।

पछिल्लो समयमा निकै चर्चाको विषय बनेको सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवी लामिछानेसंग ७ गते संसदीय छानविन समितिले बयान लिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेको नाम पनि यस प्रकरणमा जोडिँदै आएकोले उनीसंग सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले बयानका लागि भदौ ७ गते बोलाएको छ ।

बुधबार भएको पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति लामिछानेले छानविन समितिले आफुलाई भदौ ७ गते बयानको लागि बोलाएको जानकारी गराएका हुन् ।

समितिले छानबिनको क्रममा यसअघि रास्वपाका सहमहामन्त्री विपिन आचार्यसँग पनि बयान लिइसकेको छ । त्यसैगरी संसदीय छानविन समितिले छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने सो समितिका संयोजक सुर्य थापाले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस