आज:  | Sun, 22, Dec, 2024

संगीत उद्योग संघमा प्रहरीको छापा,कागजात र कम्प्युटर बरामद

५ भाद्र २०८१, बुधबार १४:४० मा प्रकाशित ( ४ महिना अघि) ३२३ पटक पढिएको
नारी बाटिका


काठमाडौं ५ भदौ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले नेपली संगीत उद्योग संघमा छापा मारेको छ। बुधबार अनामनगर पुगेर प्रहरी ब्युरोको टोलीले संघको कार्यालयमा छापा मारेको हो ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टालीले संघको कार्यलयबाट केही कागजात र कम्प्युटर लगायतका सामानहरु पनि बरामद गरेको छ । उद्योग संघले नक्कली कलाकार र गायकको कागजात बनाएर अष्ट्रेलिया पठाउने समाचार बाहिर आएपछि छापा मारेको ब्यूरोले जनाएको छ ।

कार्यालयबाट कागत बरामद गरेपनि प्रहरीले कसैलाई पनि नियन्त्रणमा भने लिएको छैन। सो सम्वन्धमा ब्युरोले आवश्यक अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस