आज:  | Mon, 16, Sep, 2024

बाल सुधारगृहबाट दुई बालक कैदी फरार

५ भाद्र २०८१, बुधबार ०४:०३ मा प्रकाशित ( ३ हफ्ता अघि) ९५ पाठक संख्या
नारी बाटिका


विराटनगर ५ भदौ ।

विराटनगरको बाल सुधारगृहबाट दुई जना बाल कैदीवन्दी फरार भएका छन्। जिल्ला अदालत मोरङको फैसलाबाट बाल सुधार गृह्रमा राख्ने आदेश दिएपछि सुधारगृहमा राखिएका २ जना कैदीवन्दी बालक मंगलबार दिउँसो तारबार नाघेर भागेको प्रहरीले जानकारी दिएको छ ।

फरार भएका बालकहरु मध्ये एकजना कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका र अर्का जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा रहेका बालक हुन्।

फरार भएका बाल कैदीवन्दीको नाम भने गोप्य राखिएको छ । दुवैजना १८ वर्ष भन्दा कम उमेरका भएकाले बाल सुधार गृहमा राखिएको हो। उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस