आज:  | Thu, 21, Nov, 2024

नेतृत्वहरुको अव्यवहारिक तथा अमानवीय व्यवहारका कारण रास्वपाबाट धमाधम युवाहरु पार्टी छोड्रदै

२ भाद्र २०८१, आईतवार ०५:०६ मा प्रकाशित ( ३ महिना अघि) १९० पाठक संख्या
नारी बाटिका


दाङ २ भदौ ।

युवाको आवाज र समस्याको समाधान गर्न जन्मिएको भन्ने रास्वपाभित्र हाल आएर आफैभित्र कचिङगल भैईरहेको छ । अर्को तर्फ देशको लागी केही गरौं भन्ने नेताको पार्टीभित्र मुल्याङबन नहुंदा र अपमान सहनु पर्दा हाल आएर नेता तथा कार्यकर्तार्लले धमाधम पार्टी छोड्न धालेका छन् । त्यस्तै तुलसीपुर दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक सयभन्दा बढी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

शनिबार रिपोर्टर्स क्लब दाङमा पत्रकार सम्मेलन गरी उनीहरूले पार्टी परित्याग गरेको जानकारी गराएका थिए। पत्रकार सम्मेलनमा बोल्दै पार्टीका निर्वाचन क्षेत्र नं। २ का सदस्य विजय केसीले पार्टी सभापति रवि लामिछानेमाथि लागेका विभिन्न आरोप, स्टन्ट बाजीलगायत कुराले युवालाई भ्रममा पारेको भन्दै सभापतिबाट देशको समृद्धि नहुने धारणा राखेका थिए।

त्यसैगरी सभापति लामििछानेले नेता तथा कार्यकर्तालाई अव्यवहारिक तथा अमानवीय तरिकाले जाइलाग्न बाध्य बनाएका कारणले आफूहरूले यस पार्टी परित्याग गरेको बताएका थिए। उनीहरुले भने, ‘हामीले कुनै रहर, प्रतिशोध र कसैको दबावमा नभई रास्वपाको वास्तविक राजनीति बुझेरै पार्टी परित्याग गरेका हौँ। अब हामी स्वतन्त्र अभियान दाङ नामक कमिटी गठन गरेर अगाडि बढ्नेछौँ।’

त्यसैगरी पार्टीका लागि आफूहरू दिनरात नभनी लागेको भन्दै अहिले पार्टीले आफूहरूलाई अन्याय गरेको उनीहरुको भनाई छ। पार्टी अराजक र दमनकारी शैलीमा अगाडि बढेको आरोप लगाए। साथै पार्टीको जिम्मेवारी योग्यता र क्षमतामा नभई आफ्ना मान्छेलाई दिँदा पुरानै पार्टीको चरित्र रास्वपाले देखाएको समेत दावी गरेका छन्। पार्टी परित्याग गर्नेहरुमा तुलसीपुर नगर सभापति मेघराज केसी ललगायत आफ्ना धारणा राखेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस