आज:  | Sun, 22, Dec, 2024

हिम पहिरोले सोलुखुम्बुमा ४ घर र एक होटल बगायो

१ भाद्र २०८१, शनिबार ०४:२४ मा प्रकाशित ( ४ महिना अघि) ७३८ पटक पढिएको
नारी बाटिका


सोलुखुम्बु १ भदौ ।

सोलुखुम्बुमा आएको बाढीले ठुलो भौतिक क्षति पुर्‍याएको छ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा बाढीपहिरो आउँदा केही निजी घर तथा पर्यटकीय होटलहरु बगाएको सोलु प्रहरीले जनाएको छ ।

सुक्रबार सो गाउँमा हिमताल फुटेर बाढी आएको आशंका गरिए पनि यकिन हुन भने नसकेको स्थानीय प्रशासनले जनाएको छ । दूधकोशी नदीमा आएको बाढीले ४ वटा घर र एउटा होटल बगाएको प्रहरीले जनाएको छ । यस्तै थामे भन्ने स्थानमा ४० घर रहेकोमा अहिले सबै घरमा मानिस भए नभएको स्पष्ट नभएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक रोशन खड्काले सुक्रबार वेलुकीसम्म मानवीय क्षतिको विवरण नआएको भएतापनि  घटनास्थलमा प्रहरी पुगेसंगै  क्षति विवरण संकलन कार्य तिब्र बनाईएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस