आज:  | Sun, 22, Dec, 2024

गट्ठाघरमा भएको दुर्घटनामा मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

३२ श्रावण २०८१, शुक्रबार १४:१५ मा प्रकाशित ( ४ महिना अघि) ७८४ पटक पढिएको
नारी बाटिका


भक्तपुर ३२ साउन ।

बिहिबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनाकी मृतकलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। दोलखाको मेलुङ गाउँपालिका ४ का करिब ३० वर्षीय शम्भु नेपालीलाई गएराति प्रहरीले पक्राउ गरेको हो। प्रहरीले नेपालीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।

पक्राउ परेका युवक अहिले ठिमी प्रहरीको नियन्त्रणमा छन्। मृतकलाई ति युवकले किन आफ्नी बहिनी भने भन्ने नखुलेको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो घटनास्थलमै पुगेर उनले मृतक महिला आफ्नी बहिनी हुन् भन्ने दाबी गर्दै घटनास्थलबाट उनी हिँडेका थिए। तर, मृतक भनिएकी व्यक्तिले आफू जिवित रहेको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

बिहीबार दिउँसो भक्तपुरको गट्ठाघरमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो । सुरुमा प्रहरीले मृतकलाई महिला हो भन्दै घटना विवरण सार्वजनिक गरेको थियो।

पछि अनुसन्धानको क्रममा मृतक महिला नभएर पुरुष भएको खुलेको थियो। घटनामा परी ओखलढुंगाका ६५ वर्षिय उत्तम कोइरालाको ज्यान गएको पुष्टि भएको छ । पछी प्रहरीले मृतकको साथमा उत्तम कोइराला, ओखलढुंगा रातमाटे( ५ लेखिएको सवारी लाइसेन्स फेला परेको थियो । सोही आधारमा खोजी गर्दा उनका आफन्तले आज शवको सनाखत गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस