आज:  | Sun, 29, Dec, 2024

डिप्रेसनको औषधिसेवन गरिरहेका पतीले पत्नीको हत्यागरी शरीर ११ टुक्रा पारेको अवस्थामा पक्राउ

३१ श्रावण २०८१, बिहीबार ०६:३७ मा प्रकाशित ( ४ महिना अघि) ७६१ पटक पढिएको
नारी बाटिका


हेटौंडा ३१ साउन ।

मकानपुर जिल्लाको हटौँडामा एक पुरुषले आफ्नै श्रीमतको हत्या गरी उनको शरिरलाई ११ टुक्रा पारेर गाडेको अवस्थामा पक्राउ परेका छन् । अ. २० वर्षकी श्रीमत्री लक्ष्मी पाख्रिनलाई उनकै श्रीमानले हत्यापछी शरीर ११ टुक्रा पारेर बनमा गाडेको अभियोगमा पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय पालुङबाट खयिएका सुरक्षा टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ । मंगलबार विहानै करिब ४ बजे घटनाको प्रकृतिलाई सूक्ष्म तरिकाले अध्ययन गरी मकवानपुरको कैलाश गाउँपालिका वडा–५, कालीखोलास्थित काफलडाँडा बस्ने वर्ष २६ का पति मंगलबहादुर पाख्रिनलाई पक्राउ गरिएको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा मृतकका पतिलाई सोधपुछ गर्दा पतिले साउन २७ गते दिउँसो करिब २ः३० बजे पत्नी लक्ष्मीलाई घरभित्र धारिलो हतियार बञ्चरो प्रहार गरी शवलाई ११ वटा टुक्रा पारेर २ वटा बोरामा हाली कालीखोलास्थित सामुदायिक वनमा खाल्डो खनी गाडेको रहश्य खुल्न आएको थियो ।

पति मंगलबहादुर पाख्रिनले पत्नीको अत्या गरी मृतकका कपडाहरु शव गाडेको स्थान भन्दा केही पर बोरामा हालेर खाल्डो खनी गाडेको र घटनामा प्रयोग भएको धारिलो हतियार बञ्चरोको बिंड फुकाली घरभन्दा पूर्व खाल्डोमा गाडेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

हिजो (मंगलबार) मृतक लक्ष्मी पाख्रिनको गाडिएको शव, घटनामा प्रयोग भएको हतियार बञ्चरो र कपडा समेत खाल्डोबाट बरामद गरी मंगलबहादुरलाई तत्काल पक्राउ गरी बुधबार मकवानपुर जिल्ला अदालत हेटौंडाबाट १० दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय हेटौंडाले जनाएको छ ।

साथै सो घटनाको सम्वन्धमा विस्तृत कारण खुल्न बाँकी रहेको छ ।यद्ययपी पतिले लामो समयदेखि डिप्रेसनको औषधिसेवन गरिरहेको प्रारम्भिक अनुसन्धानमा खलेको छ । उनीहरुका १३ महिनाकी एक छोरी समेत छिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस