आज:  | Sat, 23, Nov, 2024

संक्रमणकालीन विधेयक पारित गर्नुअघि शीर्ष नेताको सम्बोधनपछी निष्कर्षमा

३० श्रावण २०८१, बुधबार १६:१७ मा प्रकाशित ( ३ महिना अघि) २०७ पाठक संख्या
नारी बाटिका


काठमाडौं ३० साउन ।

प्रतिनिधिसभामाको बैठकबाट टीआरसी विधेयक पारित गर्ने तयारी अवस्थामा छ। यसकै विषयमा आज बैठकमा विधेयक पारित गर्नुअघि शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसुचि तय गरिएसंगै यसलाई निष्कर्षमा लगिँदै छ।

आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ। सदनमा विधेयकउपर छलफलका क्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनका मुख्यदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,प्रमुख प्रतिपक्षी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताले सम्बोधन गर्ने संसद सचिवालयले जनाएको छ।

त्यसैगरी बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस