आज:  | Sun, 22, Dec, 2024

प्रेस काउन्सिलले रचनात्मक पत्रकारिता अभियानलाई देशव्यापी बनाउने तयारी

२९ श्रावण २०८१, मंगलवार ०४:५३ मा प्रकाशित ( ४ महिना अघि) ५१० पटक पढिएको
नारी बाटिका


काठमाडौं २९ साउन ।

रचनात्मक पत्रकारिताको लागि प्रेस काउन्सिल नेपालले प्रभावकारी रुपमा देशव्यापी अभियान संन्चालन गर्ने भएको छ । पछिल्लो समय समाजको हरेक क्षेत्रमा नकारात्मकता छाएको र सामाजिक सञ्जालले त्यसमा मलजल गरेको निष्कर्ष निकाल्दै काउन्सिलले फरक धारको पत्रकारिताका लागि विभिन्न काम गरिरहेको जानकारी गराएको छ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा देखिएको राम्रा पक्षको पनि नकारात्मक विषयवस्तु बनाई सामग्री सम्प्रेषण भईरहेकोले यो अवस्थाबाट आगमी दिनमा संन्चार जगतले सत्य तथ्य र विषयलाई मात्रै उठान गर्छ भन्नेमा विस्वस्त हनुको लागी पनि यस क्षेत्रमा आशा जगाई हरेक काममा प्रभावकारिता ल्याउन फरक धारको पत्रकारिता जरुरी भएको बताउनु ।

विभिन्न लेखक एवं सञ्चारकर्मीहरुसँग सोमबार काउन्सिलमा भएको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष बस्नेतले भन्नु भयो ‘हरेक क्षेत्र, व्यक्ति, संस्था असफल भएको भाष्य निर्माण गर्न जानीनजानी मिडिया क्षेत्र पनि लागेको देखिएको छ । सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ । यो बेला मिडियाले रचनात्मक र सृजनात्मक पत्रकारिता गरी गलत भाष्यलाई चिर्नुपर्ने जरुरी भएको छ,।’

उहाँले समाजमा देखिएका बेथिति र समस्यालाई प्रश्न उठाउनुपर्ने र पत्रकारले त्यसमा समाधानका विकल्पहरु समेत औँल्याउनु पर्ने सुझाव दिनु भयो ।
‘अब यो भएन, त्यो भएन भन्ने प्रश्न मात्र त सामाजिक सञ्जालबाटै आम मानिसले उठाउन सक्छन् । सञ्चारकर्मीले त्यो भन्दा माथि उठी, रचनात्मक भई समाधनका विकल्पहरु पस्किनुपर्छ ।

उहाँले सबैतिर नकारात्मकता र नैराश्यता पक्कै छैन । आशाको बाटो डोर्‍याउने काम समेत पत्रकारिताको हो’। अध्यक्ष बस्नेतले भन्नु भयो ।
कुनै व्यक्ति विशेषले गलत कार्य गर्दा पुरै उ सम्वनिधत संस्थाको वतनाम हुने गर्दछ । यस अवस्थामा संन्चार माध्यमले गलत गर्ने संस्था नभई व्यत्तिले गरेका नराम्रा कार्यको उठान गरी संन्चार माध्यमले सही र यथार्थ विषयलाई बाहिर ल्याउनु पर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस