पर्वत २७ साउन।
पछिल्लो समयमा पर्वतमा गर्भपतन गराउनेको संख्यामा निकै वृद्धी भैईरहेको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा यस जिल्लामा सुत्केरी हुने भन्दापनि गर्भपतन गराउनेको संख्यामा ४६ प्रतिशतले वृद्धी भएको पाईएको हो । गत आर्थिक वर्षको तुलनामा आव २०८०।०८१मा स्वास्थ्य संस्थामा सुत्केरी हुने भन्दा गर्भपतन गराएकाहरूको संख्यालाई हेर्दा महिलाको स्वास्थ्य अवस्था कस्तो बन्दै छ भन्ने स्पष्ट हुन्छ।
स्वास्थ्य कार्यालय पर्वतकी जनस्वास्थ्य अधिकृत अञ्जली पि.सी.का अनुसार एक वर्षको अवधिमा कुल ६ सय २२ जना महिला सुत्केरी हुँदा ९ सय सात जनाले गर्भपतन गराएका छन्। जुन संख्या सुत्केरी हनेको तुलनामा ४५.८२ प्रतिशतले बढी हो। तत्कालीन र दीर्घकालीन असरको बारेमा विद्यालय तहको पाठ्यक्रमदेखि नै ज्ञान दिन सुरु हुन्छ।
गर्भपतनका लागि स्वास्थ्य संस्थामा जाँदा होस वा स्वास्थ्य सम्बन्धी अन्य तालिम र कार्यक्रममा पनि गर्भपतनको बाटो नरोज्न जानकारी गराइएको हुन्छ। तर पछिल्ला केही वर्ष यता बढिरहेको गर्भपतनको संख्याले डरलाग्दो अवस्था देखिन्छ । महिलाको प्रजनन् स्वास्थ्यको दृष्टीकोणले लिनु पर्दा ३ बच्चा जन्माउनु बराबर १ गर्भपतन मानिन्द्ध । तरपनि हालको समयमा गर्भपतन गराउने महिलाको संस्खामा वृद्धी भैइरहेकोछ । यससंगै अझै डरलाग्दो अर्को समस्या भनेको महिलाको स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने क्रम पनि बढीरहेको छ । जसको प्रारम्भिक कारण गर्भपतन गराउँदा पनि यस समस्या निम्तिन सक्छ ।
यसका बारेमा सचेतना फैलाउन पाठ्य सामग्रीहरू पनि धेरै प्रकाशन भएका छन्। तर पनि गर्भपतन गराउनेहरूको सङ्ख्या आफ्नै गतिमा बढिरहेको पाइएको छ। एक वर्षको अवधिमा दक्ष प्रसूतिकर्मीबाट तीन सय ९१ जना, दक्ष स्वास्थ्यकर्मीबाट एक सय ३२ जना, अन्य स्वास्थ्यकर्मीबाट ९१ जना र घरमा तथा स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा गरी आठ जना सुत्केरी हुँदा कुल ६ सय २२ जनाले बच्चा जन्माएका छन्।
सोही अवधिमा औषधि सेवन गरेर ७ सय छ जनाले र सामान्य शल्यक्रिया मार्फत दुई सय एक जना गरी कुल ९ सय सात जनाले गर्भपतन गराएका छन्। यी मध्येका पाँच जनाले १२ हप्ता माथिको गर्भपतन गराएका थिए भने एक जनामा गर्भपतनपछिको जटिलता समेत देखिएको थियो।यो अबस्था भन्दा अझै भयावह छ भन्ने पाइएको छ।
जस अनुसार अस्पतालको तथ्याङ्कमा भए अनुसार आफू गर्भवती भएपछि पहिलो पटक परीक्षण गर्न स्वास्थ्य संस्थामा जाने महिलाको संख्या १ हजार एक सय १८ रहेको छ। यो संख्यामा महिला गर्भवती हुँदा ६ सय २२ जनाले मात्रै बच्चा जन्माएको पाइएको छ। यसै आधारमा सुत्केरी भएकाहरूको संख्याको तुलनामा पहिलो पटक गर्भवती परीक्षणका लागि गएकाहरूको संख्यामा ९१ प्रतिशतले बढी रहेको छ।
यसमध्येका केही पोखरा वा अन्य क्षेत्रमा पुगेर सुत्केरी हुन सक्ने भए पनि यति ठुलो सङ्ख्या बिचैमा हराएको देखिएको छ।
यस्तै १२ हप्तासम्मको गर्भ परीक्षण नौ सय ७१ जनाले गराएका छन्। एक वर्षको अवधिमा नेपाल सरकारले तोकेको चार पटक गर्भ परीक्षण गरेको हुनुपर्ने नियममा आधारित रहेर एक हजार तीन सय २७ जनाले गर्भ परीक्षण गराएका छन्। जुन सङ्ख्या पहिलो पटक र १२ हप्तासम्म गर्भ परीक्षण गरेकाहरूको भन्दा धेरै रहेको छ।
ईत्यादी कारणहरु हुन सक्छन् गर्भपतन गराउनुमा भन्नु हुन्छ स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्मा। सबैभन्दा मुख्य कारण भनेको गर्भमा आफूले चाहेको लिङ्ग अनुसारको भ्रूण नहुनु भएको जस्तो देखिएको उनको भनाइ छ। कानुन अनुसार भ्रूण पहिचान गर्न नपाउने भए पनि अवैधानिक रूपमा भ्रूण पहिचान गर्ने र भ्रूण पहिचान नगरीकनै गर्भपतन गराउन लागेको भनेर गर्भपतन गराउनेहरूको संख्या धेरै रहेको शर्माले भनाई छ ।
स्वास्थ्य कार्यालय पर्वतमा रहेको यो तथ्याङ्क आधिकारिक र अनुमति प्राप्त स्वास्थ्य संस्थाका मात्रै हुन्। यसैगरी औषधि पसलहरूमा गएर आफ्नै तरिकाले औषधि सेवन गर्ने, आफ्नै तरिकाले गोप्य रूपमा ‘सर्जिकल एबोर्सन’ गराउने, पहिचान लुकाउनको लागि जिल्ला बाहिरका स्वास्थ्य संस्थामा गर्भपतन गराउने, लगायतका कारण नदेखिएको अवस्था छ । त्यसैले ठुलो संख्यामा अवैधानिक रुपमा लुकीछिपी गर्भपतन गराएकाहरुको विवरण कसैसँग पनिछैन।
पर्वत जिल्लामा मात्रै नभएर अन्य जिल्लाका स्वास्थ्य संस्थाहरुमा मात्रै नभई लुकीछिपी पनि पछिल्लो समयमा गर्भपतन गराउनेको संख्यामा वृद्धी हंदै गएको पाईन्छ ।
प्रतिक्रिया दिनुहोस