आज:  | Sun, 05, Jan, 2025

चितवनकी सुनिता भुजेल मिसेस ग्लोवल नेपाल २०२४ की विजेता

२७ श्रावण २०८१, आईतवार ०५:५३ मा प्रकाशित ( ४ महिना अघि) ६०१ पटक पढिएको
नारी बाटिका


चितवन २७ साउन ।

चितवनकी सुनिता भुजेल मिसेस ग्लोवल नेपाल २०२४ की विजेता बनेकी छिन् । फेसन डिजाइनर सुनिता भुजेलले यस वर्षको मिसेस ग्लोवल नेपाल २०२४ को उपाधी जितेकी हुन् । उपाधीसँगै उनले एनएफइए २०२५ अवार्ड जापान जाने इन्ट्री प्याकेज समेत पाएकी छिन् । शनिवार राजधानीको म्यूजिक सिटी स्टुडियोमा सम्पन्न मिसेस ग्लोवल नेपाल २०२४ को कार्यक्रममा सुस्मा लामा गुरुङ फस्ट रनरअप तथा रोजी मर्हजन सेकेन्ड रनरअप भएका छन् ।

हिमालयन मुजिय प्रोडक्सन हाउसको आयोजनामा सम्पन्न विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिताको सातौं संस्करण हो । अन्र्तराष्ट्रिय अर्वाड बिजेता तथा सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्वाको कोरियोग्राफीमा सम्पन्न कार्यक्रममा एक दर्जनभन्दा बढी प्रतियोगीहरुले करिब तीन सातासम्म ब्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुति, क्याटवाक, फोटोसुट, बौद्धिकता अभिवृद्धि, आत्मविश्वास अभिवृद्धि लगायतका विषयमा तालिम लिएर कार्यक्रममा भाग लिएका थिए ।

निकै आकर्षक पहिरनका विविध संस्करणहरुमा प्रतियोगीहरुले परिचयात्मक पोशाक प्रदर्शनी, उत्कृष्ट दश, उत्कृष्ट पाँचको प्रश्नोत्तर चरण पार गर्दै बिजय बनेका हुन् । साथै कार्यक्रममा विविध सवटाइटल अर्वाडहरु समेत वितरण गरिएको थियो । जसमा विजेता सुनिताले मोस्ट इन्टिलिजेन्ट र बेस्ट ड्रस, उपबिजेताहरु सुष्मा लामा गुरुङले मोस्ट एट्राक्टिम र रोजी मर्हजनले मोस्ट कन्फिडेन्टको उपाधि हात पार्न सफल भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस