आज:  | Tue, 28, Jan, 2025

हैजा संक्रमितको संख्या ४७ पुग्यो, ललितपुरमा सबैभन्दा धेरै

२६ श्रावण २०८१, शनिबार १५:१० मा प्रकाशित ( ५ महिना अघि) १४८६ पटक पढिएको
नारी बाटिका


काठमाडौं २६ साउन ।

हालसम्म काठमाडौं उपत्यकाकामा दुईजना सहित पाँच जिल्लामा हैजा फैलिएको छ। यस महिनायता मात्रै यी पाँच जिल्लामा ४७ जनामा हैजा पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएको छ।

महाशाखाले जनाए अनुसार वर्षायाम लागेसंगै सबैभन्दा बढी ललितपरमा ३४ जनामा संक्रमण पुष्टी भएको छ। त्यसपछि कैलालीमा आठ, काठमाडौं र प्युठानमा समान २(२ जना र रुपन्देहीमा १ जनामा संक्रमण देखिएको हो ।

महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेका अनुसार पछिल्लो ४८ घण्टामा ललितपुरमा ७ जना, काठमाडौं र रुपन्देहीमा एक(एकजना गरी कुल ९ जनामा हैजा देखिएको बताएका छन्। उनले कुल ४७ संक्रमितमध्ये ललितपुरका ३ जना मात्रै अस्पतालमा रहेको समेत जानकारी दिए। इडिसिडीले यस वर्षाको सिजनमा हालसम्म हैजाबाट कसैको ज्यान भने गएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा रोग रोकथामका लागि १११५ मा निस्शुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको बताएको छ। एउटै टोलमा एक साताभित्र ५ जना भन्दा बढी झाडा पखालाका बिरामीहरु देखा परेमा इडिसिडीको टोल फ्री नम्बर १११५ समा सम्पर्क गर्न भनेको छ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस