आज:  | Thu, 21, Nov, 2024

डेंगी संक्रमणबाट झापामा एक शिक्षिकाको मृत्यु

२६ श्रावण २०८१, शनिबार १०:०५ मा प्रकाशित ( ३ महिना अघि) २१५ पाठक संख्या
नारी बाटिका


झापा २६ साउन ।

झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट थप एकजना शिक्षिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दीबारी(३ स्थितमा संन्चालित चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा बी एन्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो।

पौडेललाई उच्च ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल लगिएकोमा त्यहाँ उपचारको सम्भव नभएको अस्पतालले जनाएपछी उनलाई बी एन्ड सी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको अस्पतालमा मृत्यु भएको हो।

यससंगै पछिल्लो समयको नेपालमा डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म २ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस