आज:  | Sun, 22, Dec, 2024

डाक्टर बागचन्दलाई पोखरा उच्चको मुख्य जिम्मेवारीका साथ ३५ जिल्ला न्यायाधीश सिफारिस

२६ श्रावण २०८१, शनिबार ०४:२८ मा प्रकाशित ( ४ महिना अघि) ५४७ पटक पढिएको
नारी बाटिका


काठमाडौं २६ साउन ।

न्यायधीश डाक्टर रत्नबहादुर बागचन्द उच्च अदालत पोखराको मुख्य न्यायधीशमा सिफारिस हुनु भएको छ । यसअघि उहाँ उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सेवारत हुनुहुन्थ्यो ।

सुक्रबार न्यायपरिषद्मा बसेको बैठकले बागचन्दलाई मुख्य न्यायधीशमा नियुक्त गर्न सिफारिस गरेको हो। साथै सोही बैठकले देशभर रिक्त रहेका ३५ जना जिल्ला न्यायधीशहरुको पनि सिफारिस गरेको परिषद्का सहसचिव अशोककुमार क्षेत्रीले जानकारी दिनु भयो।

जिल्ला न्यायाधीशका लागि लिइएको परीक्षामा केही परीक्षार्थीहरु मात्रै उत्तिर्ण भएपछि रिक्त रहेको ३५ पदमा न्यायपरिषद्ले सिफारिस गरेको हो। सिफारिसमा पर्नु हुनेहरुमा न्याय सेवाका कर्मचारी, सरकारी वकिल समूह र कानुन सेवाका कर्मचारी रहेका छन् ।यसरी सिफारिस भएका न्यायाधीशहरूलाई परिषद्ले नै विभिन्न जिल्लामा पदस्थापन गर्न पाउने व्यवस्था छ।

यसअघि उच्च अदालत पोखरामा सेवारत न्यायधीश राजनप्रसाद भट्टराईलाई वीरगञ्जमा सरुवा गरेको छ भने २१ जिल्ला अदालतका न्यायधीशहरूको पनि परिषद्को बैठकले सरुवा गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस