आज:  | Mon, 16, Sep, 2024

आज र भोली धादिङ लगायतमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन सुचना जारी

२२ श्रावण २०८१, मंगलवार ०७:१२ मा प्रकाशित ( १ महिना अघि) १७३ पाठक संख्या
नारी बाटिका


धादिङ २२ साउन ।

धादिङ जिल्ला लगायत देशका केही् भु भागमा आज मंगलवार र भोली बुधवार भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखादवारा जारी वुलेटिन संगै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यलय धादिङले सुचना जारी गरेको छ । साथै यससंगै रेड अलर्ट जारी गरिएको छ।

आज र भोली भारी वर्षाको कारण बाढी पहिरो जस्ता मनसुनजन्य विपद्को सम्भावना रहने हुँदा नदी खोलाका तटीय क्षेत्रमा वसोवास गर्ने साथै पहिरो सम्भावित क्षेत्रमा वसोवास गर्ने व्यक्तिहरुले सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ ।

साथै कुनै विपद्‌का घटना घटिहालेमा नजिकको प्रहरी इकाइ, स्थानीय तह वा धादिङ जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरि जानकारी गर्नुहुन पनि अनुरोध गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस