आज:  | Sun, 22, Dec, 2024

काठमाडौं–तराई मधेश द्रुतमार्ग जोड्ने निर्माणधिन फास्टट्रयाकको घट्टेपाखा–धेद्रे सुरुङ छिचोलियो

२२ श्रावण २०८१, मंगलवार ०६:४६ मा प्रकाशित ( ४ महिना अघि) ५४२ पटक पढिएको
नारी बाटिका


हेटौंडा २२ साउन ।

बहुप्रतीक्षित काठमाडौं–तराई मधेश द्रुतमार्ग जोड्ने (फास्टट्रयाक) मकवानपुरको घट्टेपाखा–धेद्रे सुरुङको ब्रेक थ्रु भएको छ। धेरै वर्षदेखी देशका ७७ जिल्लामध्यका करिव ६५ जिल्लाबाट पृथ्वी राजमार्ग हुंदै राजधानी प्रवेश गर्ने सवारी साधनको चापले धादिङको सडकमा दिनहुँ जसो दुर्घटना हुने समस्यालाई हल गर्ने विस्वासका साथ यस फास्टट्रयाकलाई लिएको छ ।

धेद्रे सुरुङको निजगढबाट काठमाडौंतर्फ जाने १ हजार ६ सय ५ मिटर लामो सुरुङ गत जेठमा छिचोलिएको थियो । तर सोमबार काठमाडौँबाट निजगढतर्फ आउने १ हजार ७ सय ७२ मिटर लामो सुरुङ छिचोलिएको हो । धेद्रे–लेनडाँडा सुरुङमार्गको निर्माण ठेक्का चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडलाई दिएको छ ।

प्रधानमन्त्री केपी शर्माओलीले सोमबार उक्त सुरुङको ब्रेक थु्र गर्नु भएको हो। उहाँले कार्यक्रममा नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको बताउनु भएको छ ।साथै मुलुकमा अब विकास निर्माणको गति नरोकिने पनि प्रधानमन्त्री वलीको भनाई छ । उहाँले आधुनिक प्रविधि उपयोग र प्रविधि हस्तान्तरण गरी विकासको गतिलाई बढाउनु पर्ने बताउन भयो ।

प्रधानमन्त्री वलीले राष्ट्रिय आकांक्षा पूरा होस् भन्ने दृष्टिले सरकारले काम गरिरहेको उल्लेख गर्नु भयो । द्रुतमार्ग लगायत पूर्वाधारले यस्ता कार्यक्रमलाई सहयोग गर्ने र द्रुतमार्गको सुरुङ निर्माणले देशलाई नयाँ युगमा प्रवेश गराएको उहाँको भनाई छ । द्रुतमार्ग अघि बढाउने सन्दर्भमा देखिएका बाधा र व्यवधानलाई समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले द्रुतमार्ग निर्माणमा देखिएको व्यवधान अर्थतन्त्रसँग जोडिएको स्पष्ट पारे ।

राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण र पर्यटन उद्योग प्रवर्द्धन गर्न मुलुकको आत्मविश्वासको दृष्टान्तका रुपमा द्रुतमार्ग भएको प्रधानमन्त्री ओलीको कथन छ । प्रधानमन्त्री ओलीले आयोजनालाई सुरु गरेर छाड्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनु भयो । नयाँ योजना थाल्नु भन्दा पनि सुरु गरिएका आयोजना सम्पन्न गर्नेतर्फ लाग्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

प्रधानसेनापति प्रभुराम शर्माले फास्टट्रयाक निर्माणमा ३६ प्रतिशत प्रगति भएको जानकारी दिए । २०८३ सालभित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने प्रधानसेनापतिले घोषणा समेत गरे । उहाँले ललितपुरको बुङ्मति र खोकनामा जग्गा अधिग्रहणको काम सपार्नु पर्ने बताए । द्रुतमार्ग २०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्य रहेकोमा १३ प्याकेजमा विभाजन गरी निर्माण जारी छ ।

दुई वर्षमा निर्माण सक्ने गरी २०७४ सालमा द्रुतमार्गको जिम्मा नेपाली सेनाले पाए पनि हालसम्म केही प्याकेजको ठेक्का लागेको छैन । सरकारले आयोजनाको म्याद थपी २०८३ चैतलाई तोकेको छ । त्यसैगरी आयोजना अन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का कार्यान्वयन चरणमा छन् ।

प्रस्थान विन्दु ललितपुरको खोकना र अन्तिम विन्दु बाराको निजगढ रहेको यस सुरुङ मार्गको लम्बाइ ७० दशमलव ९ सय ७७ किलोमिटर छ । उक्त मार्ग पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ ।

आयोजनाको विस्तृत प्रतिवेदन डीपीआर २०७६ भदौ १ गते मन्त्रिपरिषद्ले स्वीकृत गरी काम सुरु गरिएको थियो । राष्ट्रिय गौरवको आयोजनाको प्रगति भने सुस्त देखिएको छ । जग्गा अधिग्रहण। स्वीकृत वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) तथा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (एसईआईए)बमोजिम आयोजना निर्माणका लागि करिब १७ हजार ६ सय ५१ रोपनी जग्गा अधिग्रहण आवश्यकता अनुसार व्यक्तिगत जग्गा ५ हजार ४ सय ८७ रोपनी छ ।

हालसम्म ५ हजार २ सय ४ रोपनी व्यक्तिगत जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन भएकोमा ४ हजार ८ सय ११ रोपनी अधिग्रहण भइसकेको र ३ सय ९४ रोपनी अधिग्रहण बाँकी रहेको सेनाले जानकारी दिएको छ । हालसम्म ३१ हजार ७ सय ४३ रुख कटान भएको प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रिपरिषद्को २०८० पुस १२ को निर्णय अनुसार उक्त स्थानहरुमा कटान स्वीकृति पाएका विभिन्न प्रजातिका ४ हजार ३ सय ४५ रुखमध्ये ३ हजार बढी रुख कटान गरी ती रुखहरुको बदलामा ७ लाख ५ हजार ५ सय ५२ बिरुवा रोप्ने कार्य भइसकेको छ । यस क्षत्रको द्रुतमार्ग सम्पन्न भएपछि तराईबाट काठमाडौंसम्मको ढुवानी ४ घण्टाले समय छोटिने र सामान ढुवानीमा हरेक वर्ष ५० अर्बभन्दा बढी बचत हुने अनुमान गरिएको छ । यस फास्टट्रयाकको सुरुमा एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिएता पनि सो को लागत बढेर २ खर्ब ११ अर्ब ९३ करोड पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस