आज:  | Sun, 22, Dec, 2024

धादिङ वार एसोसियसनको १८ औँ अधिवेशनबाट अध्यक्षमा टंककुमार श्रेष्ठ सर्वसहत चयन

२१ श्रावण २०८१, सोमबार ०५:४५ मा प्रकाशित ( ४ महिना अघि) ७५२ पटक पढिएको
नारी बाटिका


धादिङ २१ साउन ।

अधिवक्ताहरुको छाता संगठन धादिङ वार एसोसियसनको ३६ औँ बार्षिक साधारणसभा तथा १८ औँ अधिवेशन सम्पन्न भएको छ । उक्त अधिबेशनले अधिवक्ता टंककुमार श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार सिद्धलेक गाउँपालिकामा सम्पन्न साधारणसभाको अधिबेशनले अध्यक्षमा श्रेष्ठ चयन हुनु भएको हो । उहाँको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट, सचिव अधिवक्ता रामकृष्ण अधिकारी, कोषाध्यक्ष अधिवक्ता खिल गिरि चयन हुनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा अधिवक्ता विश्वराज अधिकारी, अधिवक्ता गोपि अर्याल, अधिवक्ता अम्बिका घिमिरे श्रेष्ठ, अधिवक्ता विनोदमान श्रेष्ठ र दिनेश दुवाडी चयन हुनु भएको छ ।

वार एसोसियसनका निवर्तमान अध्यक्ष विश्वराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव अधिवक्ता रामचन्द्र भट्टले प्रगति प्रतिवेदन, र कोषाध्यक्ष अधिवक्ता रामकृष्ण अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । हाल धादिङ वार एसोसियसनमा १९ जना सदस्य रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस