आज:  | Sun, 05, Jan, 2025

हालै बजारमा आएको केही तीज गीतहरु विवादित

१८ श्रावण २०८१, शुक्रबार १०:३१ मा प्रकाशित ( ५ महिना अघि) ४३८ पटक पढिएको
नारी बाटिका


गण्डकी १८ साउन ।

गण्डकी प्रदेश राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले पछिल्लो समयमा सार्वजनिक भएको केही तीज गितहरु प्रशारण नगर्नै भएको छ । हालै बजारमा आएको केही तिज गीतले तीजको मौलिक परम्परामाथि प्रहार भएका ठहर गरेको छ। सोही कारण गत आइतबार तीज गीतका नाममा हालै बजारमा सार्वजनिक केही गीतहरु प्रसारण नगर्ने निर्णय गरेको हो ।

लोकसञ्चारकर्मी नेपालले यस्तो निर्णय गरेपछी तीज पर्वकै अवसरमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले बुधबार विज्ञप्ति जारी गरी माफी समेत मागेकी छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी केन्द्रीय सदस्यसमेत रहेकी परियारले आगामी दिनमा शब्द र सङ्गीत छनोट गरेर मात्रै आफुले गाउने जनाएकी छिन्।

यसैगरी विगत केही वर्षदेखि नै कतिपय तीज गीत विवादमा तानिँदै आएका छन् । तीज गीतको विवादलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायकगायिकालाई यस्ता गित तथा कार्यक्रममा प्रतिबन्ध लगाउनेसम्मको अवस्था सिर्जना भएको बताएको छ। विगतमा जस्तै यसवर्ष पनि दर्जनौ तिज गितहरु विवादित बनेका छन्।

तीजको पर्व पारेर सार्वजनिक हुने त्यस्ता गीतले ऐतिहासिक पर्व गीतमाथि खलल पुर्‍याएकामा लोकसङ्गीतका मर्मत चिन्तित छन्। पछिल्लो समयमा आएका तीज गीतहरुले आफ्नो कला र संस्कृतप्रति विमुख हुँदै गएको उनीहरूको बुझाइ छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रीता थापामगरले कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिने प्रकृर्तीको गितहरुले तीज गीतलाई पनि विकृत पारेको बताउनु हुन्छ ।

अध्यक्ष थापामगरले कहिल्यै नाम नसुनेका निर्देशकले तीज गीतका नाममा अश्लील र भड्किला गीत तथा दृश्य सामग्रीको निर्देशन गरिरहेको बताउनु भयो ।
मौलिक तीज गीतको मर्म पछ्याएर सिर्जना गरिरहनुभएका थुप्रै कलाकारहरू हुनुहुन्छ, अहिले पनि उहाँहरूका गीत सार्वजनिक भइरहेका छन्ु, उनले भनिन्, ुतर ती गीतको खासै चर्चा छैन, युट्युबमा भ्यूज पनि कम छ।ु

अध्यक्ष मगरले लोक गीतसङ्गीतमा भित्रिएको विकृति रोक्न आफूहरूले पहल गरेपनि स्वयं सर्जकरकलाकारले स्वनियन्त्रण गर्न सके मात्र मौलिकताको जर्गेना हुने उनको भनाइ छ। उच्छृङ्खल गीत र तिनका चल दृश्यलाई समाजले पनि नकार्नुपर्ने अध्यक्ष थापा मगरले बताइन्

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस