आज:  | Sun, 22, Dec, 2024

काठमाडौं उपत्यकाका नदीहरूमा जलसतह बढ्यो, सतर्क रहन सुझाव

१६ श्रावण २०८१, बुधबार ०८:१० मा प्रकाशित ( ४ महिना अघि) ६९६ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १६ साउन ।

अविरल वर्षासंगै काठमाडौं उपत्यकामा गएराति भएको भारी वर्षाले नदीहरूमा जलसतह बढेको छ। बागमती र सहायक नदी हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोला लगायतमा जलसतह बढ्दै गएकोले सतर्कता अपनाउन जानकारी गराएको छ । सतर्कता तहदेखि खतराको तहमा पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सहायक खोलामा पनि बाढी किनारको सडक सम्म आउने र बस्ती डुबानमा पर्नसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ। बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहन विभागले आग्रह गरेको छ।

रातभरीको भारी वर्षाका कारण काठमाडौंको धोबीखोला, चाबहित र वाग्मती गौरीघाट जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ। यस्तै भक्तपुरको हनुमन्ते खोला जगाती जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ।

त्यस्तै ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ। यस क्षेत्रका वासीहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस