आज:  | Sun, 22, Dec, 2024

नारी विकास सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न

१३ श्रावण २०८१, आईतवार ०८:४८ मा प्रकाशित ( ४ महिना अघि) ९२४ पटक पढिएको
नारी बाटिका


धादिङ १३ साउन ।

नारी बिकास तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ साधारण सभा सम्पन्न भएको छ ।

शनिबार बागमती प्रदेश सांसद माननीय गोबिन्द लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थाका अध्यक्ष भगवती उप्रेतिको अध्यता रहेको थियो ।

यसैगरी कार्यक्रममा सहकारी जिल्ला बचत संघका अध्यक्ष एवं् निलकण्ठ क्याम्पसका प्रमुख नवराज शर्माको विशेष आतिथ्यता,जिल्ला प्रहरी कार्यलयका प्रवत्ता तथा प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रको आतिथ्यता तथा नारी जागरण केन्दकी्र अध्यक्ष चित्रकुमारी भण्डारीको आतिथ्यताम

सम्पन्न सभामा संस्थाका अध्यक्ष भगवती उप्रेतिलेउद्घाटन मन्तब्य राख्नुहुँदै १३ जनाको ६ सय पचास रुपियाबाट सुरु गरिएको सहकारी अहिले ८ करोड ३९ लाख बराबरको कारोबार गरिरहेको बताउनु भयो ।

त्यस्तै उहाँले नारीहरुद्धारा सञ्चालित संस्थाको रुपमा परिचित नारी जागरण केन्द्रको सक्रियतामा समाजमा हुने बिकृतिको आवाज उठाउँदै,विशेषगी लैंगिक हिंसा बिरुद्धको सवालका मुद्धाहरु पैरवी र वकालत गर्दै हिंसा प्रभाबितका लागि कानुनी परामर्श समितीबाट निशुल्क सेवा दिदै आएको जानकारी दिनु भएको छ ।

कार्यक्रमलाई संवोधन गर्नुहुदै प्रमख अतिथी एवं् सांसद लम्सालले ईमान्दारिता पुर्वक काम गर्ने सहकारीको रुपमा नारी विकासलाई विगतदेखी नै जानकारी पाएको बताउनु भयो ।  

उहाँले यस संस्थाले महिलाको क्षेत्रमा निकै राम्रो काम गरी रहेकोले यस सहकारीका बारेमा आफुले नजिकबाट बुझ्ने अवसर पाएको बताउनु भयो ।

त्यस्तै प्रमुख अतिथी तथा सांसद् लम्सालले सहकारी संस्थाले महिलालाई व्यवशाय संन्चालनका कार्य र स्वास्यका सवालमा निरन्तर काम गर्न सुझाव दिनु भएको छ । यस्तै उहाँले राम्रो काम गर्ने सहकारीहरुलाई सहयोग गर्न आफु तत्पर रहेको बताउनु भयो ।   

त्यसैगरी कार्यक्रमका विशेष अतिथि एवं बचत संघका अध्यक्ष शर्माले सहकारीले बचत ऋणको कारोबार मात्रै गर्ने नभएर सहकारीले आफ्ना सदस्यहरुलाई दुख पर्दा सहयोग गर्न सके त्थो सहकारीमा सदस्यहरु आपद्ध हुनु सही र राम्रो कुरा हो ,

यस नारी विकासले सदस्यको दुर्घटना विमा,हिंसा प्रभावितका लागी सहयोग,अशक्त बाल सदस्यलाई सहयोग गरेर राम्रो काम गरेको बताउनु भयो । 

यस्तै अध्यक्ष शर्माले संस्थाका कोषाध्यक्ष, लेखासमिती, ऋणसमितीहरुले तोकिएको समयमा बैठक बस्ने तथा आफ्नो जिम्मेवारीको कामलाई अझ सक्रियतापुर्वकक गर्न सुझाव दिनु भयो ।

साथै लेखा समितीले संन्चालकले गरेका कामहरु ठिक छ की छैन ? सहकारीको हरहिसाव कसरी राखेको छ ? कति पटक बैठक बस्यो जस्ता विषयमा जानकारी लिई प्रमाणित लगायतका काम गर्नुपर्ने सुझाव दिनु भयो ।

साथै नारी विकासले आफ्ना सेयर सदस्यको क्षेत्रमा राम्रो काम गरीरहेकोले सदस्यहरुले ढुक्क भएर यस सहकारीमा बचत गर्न सल्लाह दिनु भयो । 

सहकारीमा १५७७ शेयर सदस्य,३१० जना समुहका सदस्य र ५१० जना बाल सदस्यहरु आवद्ध रहेका छन् । संस्थाले ८ करोड ३९ लाख बराबरको कारोबार गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस