आज:  | Sun, 08, Sep, 2024

ललितपुर र कैलालीमा १० जनामा हैजाको संक्रमण

११ श्रावण २०८१, शुक्रबार १९:४२ मा प्रकाशित ( १ महिना अघि) १३७ पाठक संख्या
नारी बाटिका


काठमाडौं ११ साउन ।

केही दिन यता ललितपुर र कैलाली जिल्लाका १० जनामा हैजाको संक्रमण देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको विवरण अनुसार यी दुई जिल्लाका कुल १० जनामा हैजाका संक्रमण पुष्टि भएको जनाएको छ ।

‘केही दिनअघि देखिएको थियो भने आजफेरी ललितपुरमा थप तीन जनामा र कैलालीमा एक जना नयाँ संक्रमित थपिएका हुन् । हिजोसम्म ललितपुरमा चार र कैलालीमा दुई जनामा हैजाको संक्रमण देखिएको थियो ,’इडिसिडीका निर्देशक डा.यदुचन्द्र घिमिरेले भन्नु भयो ।

डा. घिमिरेका अनुसार कैलालीका संक्रमितको सेती अस्पताल र ललितपुरका संक्रमितहरुको टेकु तथा पाटन अस्पतालमा उपचार भइरहेको छ । अहिले इडिसिडीको टोलीले, प्रदेश, जिल्ला र स्थानीय पालिकासंग समन्वय गरेर थप खोजपडताल, संक्रमितको उपचार र संक्रमणको स्रोत पत्ता लगाउने काम गरिरहेका छन् ।

गर्मी तथा बर्खा लागेसंगै नेपालमा बर्षेनी हैजाको संक्रमण देखा पर्ने गरेको छ । साथै यसवर्षमा हालसम्ममा यस सक्रमणका कारण कसैको ज्यान भने भएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस