आज:  | Sun, 08, Sep, 2024

बाढी र पहिरोले रुबीभ्यालीको ४ पुल बगाउँदा लापाजाने बाटो बन्द

१० श्रावण २०८१, बिहीबार १४:४७ मा प्रकाशित ( १ महिना अघि) १४४ पाठक संख्या
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता

धादिङ १० साउन ।

धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकास्तिथ क्षेत्रको बाढी र पहिरोले ४ पुल बगाएको छ । स्थानीय सरकारका प्रमुखहरु गाउँपालिकामा नहुँदा पीडितहरुले राहत पाउन नसकिएको गुनासो गरेका छन् ।

हालको समयमा भैईरहेको अविरल वर्षाको कारण रुबीभ्याली गाउँपालिकाको वडा नम्बर ५ र ६ का ४ वटा पुल बगाएपछि धेरै गाउँको आवत जावत नै बन्द भएको छ । अविरल वर्षाको कारण साना खोलामा पनि बाढी आएकोले बालबालिकाहरु विद्यालय जानबाट बन्चित भएका छन्।

रुबीभ्यालीको वडा नम्बर ५ तिनचेत नेसुङ खोलामा रहेको पक्की पुल समेत बाडीले बगाएपछि तिनचेत,चपाङचेत, छुम्राङ,तेनचेत आदी गाउँका नागरिकहरुको दैनिकी कामको लागी समेत आउन जान पाएका छैनन्।

त्यसैगरी सोही गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ६ जोड्ने राखोला काठेपुल, गल्दी खादिङको ट्रस पुल, थुवाखोला ट्रस पुल वर्षपछिको खोलाले बगाएपछि यस क्षेत्रका विद्यार्थीहरु समेत आवतजावत बन्द भएको लापाका स्थानीयले बताएका छन् ।

विगत १० दिनदेखी भएको लगातार वर्षाको कारण रुबीभ्यालीको धेरै गाउँ क्षतविक्षत बनाएको भएपनि स्थानीय सरकारका प्रतिनिधिले बेवास्ता गरेको स्थानीयबासीको आरोप छ ।

यस विपत्को समयमा स्थानीय सरकारका प्रतिनिधीहरु गाउँपालिकामा नहुनाले पिडितका समस्या कस्ले संम्वोधन गर्छ ? यस विषयमा हामीले धादिङका प्रमुख जिल्ला अधिकारी एव्ं जिल्ला विपत व्यवसथापन समितिका संयोजक राजेन्द्रेव पाण्डेलाई सोधपुछ गर्दा उहाँले यस बारेमा विस्तृत जानकारी आउन बाँकी रहेको बताउनु भयो ।

प्र.जि.अ. पाण्डेले उत्त पालिकाका प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत समेत पालिकामा नभएको कुरा आफुलाई जानकारी भएकोले त्यस बारेमा पालिका प्रमुखसंग सम्पर्क गर्ने बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस