आज:  | Sun, 08, Sep, 2024

निर्मलाको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा,आज सम्मपनि दोषी खोज्न सरकार मौन

१० श्रावण २०८१, बिहीबार ०८:३९ मा प्रकाशित ( १ महिना अघि) १३१ पाठक संख्या
नारी बाटिका


काठमाडौं १० साउन ।

आजभमन्दा ६ वर्ष अगाडी कञ्चनपुरको भीमदत्त नगरपालिका(२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा भयो । २०७५ साल साउन १० गते साथीको घर गएकी बालिका निर्मला पन्तको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारस्थित उखुबारीमा भेटिएको थियो ।

उक्त घटनापछि दोषीलाई कारबाहीको माग गर्दै लामो समयसम्म सडकदेखि सदनसम्म खुव चर्का चर्का कुरा गरियो । दोषीलाई कारबाहीको माग राख्दै धेरै अधिकारकर्मी,तथा नागरिकहरु आन्दोलनमा उत्रिएका थिए । सोही आन्दोलनको क्रममा अर्का एकजना बालक सन्नी खुनाले पनि ज्यान गुमाउन पर्यो । साथै सोही आन्दोलनमा केही व्यक्तिहरु घाइते समेत भएका थिए ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा १००भन्दा बढी व्यक्तिमाथि अनुसन्धान गर्‍यो। केहीलाई थुनामा पनि राख्यो । तर पनि सरकारले घटनामा संलग्न भएकालाई अझै पत्ता लगाउन नसकिएको बताईएको छ ।

बालिका निर्मलाको बलात्कारपछि रहस्यमयी तरिकाले हत्या भएको ६ वर्ष पूरा भइसक्दा समेत घटना अझै गुमगाम मै रहेको छ। ६ वर्षको अवधिमा बनेका सबै सरकार र विशेषगरी गृह्रमन्त्रालयले अनुसन्धान गरी अपराधीलाई हदैसम्मको कारबाही गर्ने आश्वासन मात्रै दिदै आएका छन्।

सञ्चारकर्मी रहँदा यस प्रकरणमा पिडितका न्यायका लागी धेरै आशा लाग्दा सवाल उठाएका रवि लामिछानेले २।२ पटक आफै देशको सम्पुर्ण सुरक्षा शक्ति र पहुँच मात्रै नभएर देशकै सुरक्षा शक्तिलाई आफ्नो हातमा लिनसक्ने पावर भएको गृहमन्त्रीको कार्यभार सम्हाल्दा निर्मलाको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय समेत गरेका थिए।

यसैगरी दोस्रोपटक करिब ६ महिना गृहमन्त्रीमा रहेरपनि सरकारबाट बाहिरिँदै गर्दा असारको अन्तिम साता उहाँले अनुसन्धान नतिजा उन्मुख रहेको दाबी गर्नु भएको थियो। तर अहिलेसम्म नतिजा भने सुन्य देखिएको छ।

साथीको घरमा विद्यालयको पाठ गर्न भनेर गएकी आफुनो नाबालिका छोरीको भोली पल्ट लास देख्नु पर्दा भावविहोल बन्नु परेको निर्मलाको परिवारले अब अपराधी पत्ता लाग्ला भन्ने आश नै मारिसकेको छ। तर पछिल्लो समयमा बनेका गृहमन्त्री लेखक आफ्नै क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि भएकोले अनुसन्धान प्रभावकारी हुने र दोषी चाँडै कानूनी कठघरामा आउने झिनो आशा पलाएको निर्मलाकी आमा दुर्गादेवी पन्त बताउँछिन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर घटनाबारे सूक्ष्म ढंगले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताउँछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस