आज:  | Sun, 08, Sep, 2024

जहाज दुर्घटनामा निधन भएकाहरूको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने

१० श्रावण २०८१, बिहीबार ०७:५४ मा प्रकाशित ( १ महिना अघि) ७१ पाठक संख्या
नारी बाटिका


काठमाडौं १० साउन ।

वुधबार सौर्य एयरलाइन्स जहाज दुर्घटनामा निधन भएकाहरूको शोकमा आज सरकारले राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ। हिजो वुधबार विहान ११ बजेर ११ मिनेटको समयमा भएको दुर्घटनामा परी जहाजका सहचालक सहित १८ जनाले ज्यान गुमाउन पुगेका थिए । सोही दुखद निधन भएकाहरुको शोक मनाउन सरकारले आज आधा झन्ड झुकाउने निर्णय गरेको हो ।

यस सम्वन्धमा बुधवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय झन्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेको थियो। हिजो विहान काठमाडौंबाट पोखराको लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेका १८ जनाको निधन भएको छ भने जहाजका पाइलट मनिषरत्न शाक्यको सकुशल उद्धार गरिएको थियो।

उक्त जहाजमा २ जना चालक दलको सदस्य र बाँकी १७ जना सोही एयरलाइन्समा कार्यरत प्राविधिक तथा इन्जिनियरहरू रहेका थिए। सरकारले जहाज दुर्घटना छानबिनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस